२०७९ आश्विन २१ शुक्रबार

बधाई ! दक्षिण कोरिया विश्वकप फुटबलका लागि छनोट ।

काठमाण्डाै : दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । गएराति भएको खेलमा सिरियालाई २–० गोलले हराउँदै दक्षिण कोरिया

विश्वकप फुटबलका लागि छनोट भएको हो । दक्षिण कोरियाका किम जिन सु र क्वोन चाङ होनले एक/एक गोल गरे । दक्षिण कोरिया इरानपछि एसियाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको छ ।

यस्तै फिफा विश्वकप कतार–२०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ । अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १–० गोलले हराएको हो । अर्जेन्टिनाका लोउटारो मार्टिनेजले खेलको पहिलो हाफमा

गरेको गोल नै निर्णायक बन्यो । अर्जेन्टिना विश्वकपमा छनोट भइसकेको छ । हारसँगै कोलम्बिया विश्वकपमा छनोट हुने सम्भावना न्युन भएको छ । अब छनोटका बाँकी खेलमा कोलम्बियाले जितेर मात्रै पुग्दैन । अरु टोलीको नतिजा पनि कुर्नुपर्ने हुन्छ

२०७८ माघ २०, बिहीबार १०:३६ गते 0 Minutes 228 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।