२०७९ आश्विन २१ शुक्रबार

सारेगमप लिटल च्याम्प्सका प्रतियोगी आदित्यको गायन कलाको चर्चा !

काठमाडौं : संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स नेपालको चर्चा यतिबेला सर्वत्र छ । आगामी शनिबार हुने फाइनल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका बेला

बाल गायक आदित्य विश्वकर्मा पनि चर्चाको शिखरमा छन् ।
सुमधुर स्वरका धनी ९ वर्षीय आदित्यको जादुमयी स्वर सुनेर आनन्दित नहुने सायदै होलान् । भारतको सिलगुडीदेखि काठमाडौँसम्मको लामो यात्रा त्यो पनि महिनौँ काठमाडौँमा

बसेर प्रतियोगितामा भिडन्त गरिरहेका बाल गायक आदित्यले आफ्नो जादुमयी स्वरको कमाल देखाएकै छन् । आदित्यको गायन यात्रामा जजहरु न्ह्यू बज्राचार्य, कालिप्रसाद बास्कोटा र इन्दिरा जोशी भावुक नबनेको पल नै छैन । हरेक एपिसोडमा जज र जुरीहरुले आदित्यलाई स्याब्बासी दिँदै उनको काँधमा ढाप मारेकै हुन्छन् ।

र त आदित्यले फाइनलसम्मको यात्रा चुम्न सफल भएका छन् ।
यसअघि भारतको संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्समा भिडेका आदित्यले चर्चा बटुल्न सफल भए ।

तर उक्त समयमा उनी निकै सानो उमेरका भएका कारण पनि प्रतिस्पर्धाको अन्तिम चरणसम्म पुग्न सकेनन् । तर, पछिल्ला दिनमा उनी आफ्नो जादुमयी स्वर र अद्भुत कलाका कारण पनि सबैको मन मुटमा बस्न सफल छन् ।

सिलगुडीको कर्म म्यूजिक एकेडेमीमा गायनका कक्षाहरु लिइरहेका आदित्यमा गज्जबको आत्मविश्वास छ । आफ्ना बाबुसँग सारेगमप लिटल च्याम्प्स नेपालको प्रतिस्पर्धाका लागि काठमाडौँ आएका यी बाल प्रतिभाले आँफूले उपाधि

जितेको खण्डमा भोलिका दिनमा नेपाली गीत संगीतलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । आदित्यको गायन कला देखेर शो हेर्ने र उनलाई सुन्नेहरुले जुनियर नारायण गोपालको उपाधि समेत दिइरहेका छन् ।

भोटिगं कोड ०२ रहेका आदित्यलाई प्रभु पेको एप्स डाउनलोड गरेर वा मम एपमार्फत भोटीगं गर्न सकिनेछ । फाइनलमा आदित्यले रोशा फुँयाल, अविज्ञा घिमिरे, अरुण सुनार र कृपा पौडेलसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगीताको फाइनल यही शनिबार हुँदैछ ।

२०७८ माघ २१, शुक्रबार ११:१२ गते 0 Minutes 321 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।