
काठमाडाैं : त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको कप्तानी गोलकिपर किरण चम्जोङले गर्ने भएका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बाल गोपाल
महर्जनले प्रतियोगितामा नेपालको कप्तानी किरणले गर्ने जानकारी दिएका हुन् ।सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक महर्जनले टिमको कप्तानी किरणले गर्ने जानकारी गराएका हुन् भारतमा व्यावसायिक फुटबल खेलिरहेका छन् ।
राष्ट्रिय टिमका नियमित गोलकिपर समेत रहेका किरण भारतको पन्जाबबाट शीर्ष डिभिजन लिग आईलिग खेलिरहेका छन् ।
दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् मंगलबार उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् ।
नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तानको यू–२३ टिम हुनेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।
नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ । ताजा खवर टिभि
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।