२०७९ जेष्ठ १० मंगलवार

रेखा थापाले गरिन बिबाह ! को हुन नया पति ?

काठमाडौ : चर्चित अभिनेत्री रेखा थापाले फेरि विवाह बन्धनमा बाँधिएकी छन्। स्रोतका अनुसार थापाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्।

थापा र शाही लामो समयदेखि प्रेममा थिए। शाही हाल अमेरिका बस्दै आएको खुलेको छ। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्।

थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले ९ वर्षअघि डिभोर्स गरेका थिए।
हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चो¥र्‍यो मेरो मनलगायत

चलचित्रमा अभिनय गरेकी छन्। अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन्। ३९ वर्षीया थापा पछिल्लो राजनीतिमा पनि सक्रिय भएकी थिइन्। गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा थापा महामन्त्रीमा उठेकी थिइन्। उनी पराजित भइन् । -न्युज नेपाल मिडिया बाट

२०७८ फाल्गुन २, सोमबार २१:०८ गते 1 Minute 366 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।