२०७८ माघ ११ मंगलवार

टी–२० लिगमा अनिलले बनाए लगातार दोस्रो शतक, गरे चौका-छक्काको वर्षा !

काठमाडौं : नेपाली क्रिकेट टोलीका ब्याट्स’म्यान अनिलकुमार साहले सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिग टी–२० मा लगातार दो’स्रो शत’क बनाएका छन्।

बुधबार बजाज खडक वा’रियर्सबाट लिग खेलिरहेका साहले रुपनी राइडर्सवि’रुद्ध शानदार शतक बनाएका हुन्।

उनले अघिल्लो खेलमा मंगलबार बोदे बर्साईन् थन्डर्सविरुद्ध शतक बनाएका थिए। आज अनिलले ६४ बलमा १२ चौका र ७ छक्कासहित १ सय १३ रन बनाएका हुन्।

वारियर्सले रुपनी राईडर्सलाई १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९४ रन बनायो।

वारि’यर्सको लागि कप्तान विवेक यादवले पनि आ’क्रामक ब्याटिङ गर्दै अविजित अर्धशतक बनाए। उनले २३ बलमा ४ चौका र ४ छक्का हि’र्काए।

अनिल र विवेकले तेस्रो विकेटको लागि मात्र ५४ बलमा १ सय ३८ रनको साझेदारी गरेका थिए। बलिङमा अनिल यादवले २ फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान एक–एक विकेट लिए।

२०७७ चैत्र १२, बिहीबार २३:१६ गते 1 Minute 726 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार