२०७९ आश्विन २१ शुक्रबार

टिकटकजस्तै युट्युवको “शर्ट्स” मार्फत पनि आम्दानी गर्न सकिने व्यवस्था ल्याइदै !

काठमाडौँ : युट्युवबाट आम्दानी गर्ने नयाँ तरिका थपिने भएको छ । टिकटकजस्तै युट्युवको छोटो भिडियोहरू पोस्ट गर्ने प्लेटफर्म ‘शर्ट्स‘ मार्फत पनि आम्दानी गर्न सकिने व्यवस्था

ल्याउन लागिएको हो । यसअन्तर्गत प्रयोगकर्ताले ‘ब्राण्ड कनेन्ट’ (BrandConnect) मार्फत ब्राण्डेड कन्टेन्ट बनाउने अवसर पाउनेछन् । साथै शर्ट्सबाटै किनमेल गर्न ‘सुपर च्याट’ एकीकृत गर्ने कम्पनीले जनाएको छ ।

युट्युवबाट आम्दानी गर्ने नयाँ तरिका थपिने भएको छ । युट्युवले आफ्ना क्रियटरका लागि आम्दानीको स्रोतको दायरा बढाउने तयारी गरेको हो । युट्युवले हालै एउटा ब्लग पोस्ट सार्वजनिक गर्दै क्रियटरका लागि थप पैसा कमाउन

आफ्नो पहुँच विस्तार गर्न सजिलो बनाउन सहयोग पुग्नेगरी नयाँ फिचर ल्याउन लागेको जानकारी दिएको छ । किनमेलसँग सम्बन्धित भिडिओहरू राख्ने तथा लाइभ किनमेल गर्नेबाहेक यसका लागि अन्य फिचर पनि थप हुने कम्पनीले जनाएको छ ।

योसँगै युट्युवले धेरै नयाँ फिचर थप गर्ने भएको छ । क्रियटरहरूलाई लक्षित गरेर टिकटकमा जस्तै शर्ट्समा पनि नयाँ भिडिओ इफेक्टस, एडिटिङ टुल्स साथै कमेन्टहरूको हकमा पनि नयाँ सुविधा थपिने भएको छ ।

फलस्वरूप क्रियटरहरू निकट भविष्यमा राम्रा शर्ट भिडिओ बनाउन सक्षम हुनेछन् । साथै टिकटकमा जस्तै निश्चित कमेन्टलाई रेस्पोन्स गरी भिडिओ (शर्ट्स) बनाउने सुविधा पनि थप हुने भएको छ । साथै यही वर्षदेखि युट्युवले ‘लाइभ टुगेदर’ फिचर पनि ल्याउँदैछ, जसमा दुई जना प्रयोगकर्ता एकैपटक लाइभमा बस्न सक्छन् ।

२०७८ फाल्गुन ६, शुक्रबार १५:४६ गते 1 Minute 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।