२०७९ जेष्ठ १० मंगलवार

नेपाल, मलेसिया र पपुवा न्यूगिनीबीच त्रिकोणात्मक टी-२० शृंखला हुने !

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, मलेसिया र पपुवा न्यूगिनीसम्मिलित त्रिकोणात्मक टी-२० शृंखला आयोजना गर्ने भएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले मार्चको अन्तिमतिर शृंखला आयोजनाको तयारी भइरहेको अनलाइनखबरलाई जानकारी दिए ।

नेपालले गत वर्ष वैशाखमा मलेसिया र नेदरल्याण्ड्स सम्मिलित टी-२० शृंखला आयोजना गरेको थियो । सो शृंखला नेपालले नै जितेको थियो ।

नेपाली टोली हाल टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा व्यस्त छ । छनोटअन्तर्गत बी बाट ओमान र फिलिपिन्सलाई पराजित गरेको नेपालले सोमबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ -अन्लाईन खबर बाट

२०७८ फाल्गुन ८, आईतवार २२:४२ गते 1 Minute 254 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।