२०७९ जेष्ठ १० मंगलवार

श्रृंखला खतिवडा भन्छिन् – नाबालिगसँग यौ’न सम्बन्ध बनाउनु अप-राध हो ।

काठमाडौं : अहिले सामाजिक सञ्जाल अभिनेता पल शाह प्रकरणले तातिरहेको छ । कर’णीको आ’रोपमा पल शाह प्रहरीको हि’रासतमा रहेका छन् ।

नाबालिग गायिकाले शाहवि’रुद्ध जबर’जस्ती क’रणीको आ’रोपमा उ’जुरी दिएपछि उनले आफै आ’त्मस’मर्पण गरेर तनहुँ पुगेका थिए । अब यस विषयमा कलाकारहरु पनि बोल्न थालेका छन् ।

अभिनेत्रीहरु रेखा थापा, ऋचा शर्मा लगायतले नाबालिगको पक्षमा खुलेर बोलेका छन् । त्यस्तै, आज पुर्व मिस नेपाल श्रृंखला खतिवडाले पनि मुख खोलेकी छिन् । एउटा वयस्कले नाबालिगमाथि यौ’नसम्बन्ध स्थापित गर्नु कानुन वि’परित भएको खतिवडाको भनाइ छ ।

सामाजिक सञ्जाल इन्स्टा’ग्राममार्फत खतिवडाले लेखेकी छिन्,‘कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्र’भावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन अस’मर्थ हुनसक्छन् ।’

मानिसहरुले एक नाबालिगलाई भन्दा ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेकोमा आफुलाई विश्वास नभइरहेको उनको भनाइ छ । यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्र’भाव पारेको छ भन्ने कुरा कसैले कल्पना गर्न नसक्ने उनले बताएकी छिन् ।

नाबालिग जताततै अन्तरवार्तामा आउनुलाई खतिवडाले अपरि’पक्कको संज्ञा दिएकी छिन् । पुर्व मिस नेपाल खतिवडाले ती नाबालिगलाई आ’त्मबल बलियो बनाउन पनि सुझाव दिएकी छिन् ।

नाबालिगसँग यौ’नसम्बन्ध स्थापित गर्नु अप’राध भएको उनले स्पष्ट पारेकी छिन् । आजकाल धेरै नाबालिगले आफूभन्दा निकै पाको उमेरका पार्टनरसँग यौ’नसम्बन्ध स्थापित गरिरहेको भन्दै उनले जसको कारण जीवनभरी नै गहिरो घा’उ बनिरहेको पनि बताएकी छिन् । -रिपोर्टस नेपाल बाट

२०७८ फाल्गुन १८, बुधबार १६:२५ गते 1 Minute 560 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।