
काठमाडौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै श’क्तिशाली हुँदै गएका छन् । ओली नेतृ’त्वको सरकार टिकाउन एमाले र जनता समाजवादी
पार्टीबीचको सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्टीभित्र विधान संशोधन गरेर सबै अधिकार आफूमा के’न्द्रित गर्न ओली सफल भएका छन् । ओली नेतृ’त्वको सरकारले विश्वासको मत लिएमा र जसपाले समर्थन गरेमा एक वर्षसम्म
अविश्वास प्रस्ताव ल्याउन पाइँदैन । ओलीले फागुन २८ गते माधव नेपाललगायत नेतालाई नबोलाइ केन्द्रीय कमिटीको बैठक राखेर जिम्मे’वारी खोस्ने, विधान सं’शोधन प्रस्ताव अघि सार्ने तथा केन्द्रीय सदस्य थप गर्ने नि’र्णय गराएका थिए ।
त्यसपछि दुईवटा बैठकले विधान संशोधन नेपाललगायत चार नेतालाई स्प’ष्टीकरण सोध्ने तथा संसदीय दलको वि’धान संशोधन गरेर समानुपातिक सांसदलाई हटाउने अधिकार अध्यक्षलाई दिने नि’र्णय गरेका थिए ।
नेपाल समूहले समानान्तर कमिटी गठन गरी ओली समूहलाई चुनौती दिने र अन्त’रसंघर्ष गर्ने नीति लिइरहेका बेला ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखेर आफूअनुकूल निर्णय गराएका थिए । उनी यतिबेला नेपाल लगायतका नेताहरुलाई पार्टीबाटै निष्का’सन गर्ने तयारीमा छन् । याे खबर आजको नागरिक दैनिकमा छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।