२०७९ जेष्ठ १० मंगलवार

पुजा शर्मा भन्छिन् – कलाकारको “भ्यालु” नबुझेर देश पछि पर्यो ।

काठमाडौं : अभिनेत्री पूजा शर्माले नेपालमा कलाकारको सम्मान नै भएको बताएकी छन् । नाबा’लिकालाई क’रणी गरेको अभियोगमा अभिनेता पल शाहा (पूर्णविक्रम शाहा)बारे बोल्दै

अभिनेत्री शर्माले नेपालमा कलाकारको भ्यालु नबुझेको बताएकी हुन् । दो’षी नठ’हरी कलाकारलाई हतक’डी लगानु पनि आपत्तिजन भएको उनको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले भनेकी छन् ।

कलाकारको भ्यालु किन बुझेनौं है । जब पललाई लग्यो नि, उ दो’षी हो कि होइन भन्ने नठ’हरी कलाकारलाई यसरी हतकडी लगाएको मलाई सबभन्दा मन नपरेको कुरा हाे ।

उ दोषी ठह’रिएपछि त हत’कडी लगाउ जे गर । यहाँ कलाकारलाई सम्मान भन्ने चिज नै छैन ।’ कलाकारको सम्मान नगरेकै कारण देश पछि गएको पनि अभिनेत्री शर्माले बताएकी छन् । उनले भनेकी छन्- ‘यहाँ कलाकारलाई जे भन्दा पनि भयो ।

त्यही भएर देश यतिकै पछि गएको हैन भन्ने चाहिँ मलाई लाग्छ ।’ १७ वर्षीया गायीकाले पलले यौ’न दु’र्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजु’री दिएकी थिइन् । उक्त जाहेरी परेको चार दिनसम्म लुकेर बसेका पलले आइतवार प्रहरीसमक्ष आ’त्मसमर्पण गरेका थिए ।

उनी अहिले प्रहरी हिरा’सतमा छन् । प्रहरी हिरा’सतमा भएका पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन्  । प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको चरित्र ह’त्या गर्ने प्रवृत्ति हाबी भइरहेको छ ।

२०७८ फाल्गुन २०, शुक्रबार १०:५९ गते 1 Minute 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।