२०७९ जेष्ठ १० मंगलवार

नारायण काजी श्रेष्ठ भन्नुहुन्छ – प्रचण्ड अब सुध्रिँदैनन्, सँगै बस्नुको अर्थ छैन !

काठमाडौ : महाधिवेशनको निर्णयविपरीत अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संस’द्बाट अनुमोदन गरेसँगै सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा ‘ग’म्भीर मत’भेद’ उत्पन्न भएको छ ।

यो मतभेदले पार्टी नै विभाजनको संघारमा पुगेको स्वयं माओवादी केन्द्रका नेता कार्यकर्ताले बताउन थालेका छन् ।
एमसीसी अनुमोदन गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्णयको ग’म्भीर उल्ल’ङ्घन गर्नुका साथै पार्टीको

क्रान्ति’कारी छवि समेत धुमिल पारेकाले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा रहिरहन नसक्ने नेता नारायणकाजी श्रेष्ठ पक्षको निष्कर्ष छ । ‘अन्ततः व्याख्यात्मक घो’षणाको सुनियोजित भ्रम छर्दै आज रा’ष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइ छाडे,’

आइतबार संसद्बाट एमसीसी अनुमोदन भएपछि सामाजिक सञ्जालमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले लेखेका थिए, ‘आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन् ।

सम्पूर्ण देशभक्त शक्तिहरू एकब’द्ध होऔँ, नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ ।’ श्रेष्ठको यो स्टाटसले नै माओवादीमा एमसीसीबारे विवाद कस्तो रहेछ भनेर सहजै बुझ्न सकिन्छ ।

प्रचण्डको पछिल्लो कार्यशैलीलाई लिएर खास गरी माओवादी केन्द्रमा रहेका पूर्व एकता केन्द्र समूहका नेताहरू श्रेष्ठसहित लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, पेशल खतिवडा लगायतका नेताहरू रुष्ट बनेका हुन् । श्रेष्ठ रुष्ट बनेपछि अध्यक्ष प्रचण्ड मंगलबार उनलाई भेट्न उनको निवास

हात्तीवन पुगेका थिए भने बिहीबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा दुई नेताबीच पुनः भेटवार्ता भएको थियो । दुवै भेटवार्तामा अध्यक्ष प्रचण्डले नेता श्रेष्ठलाई पार्टी विभाजनको बाटो नरोज्न आग्रह गरेका थिए । जवाफमा श्रेष्ठले पत्रकार सम्मेलन गरेर आफूमाथि बढाएको द’बाब के हो ? भनेर प्रश्न गरेका थिए ।

जवाफमा प्रचण्डले अवेशमा आएर त्यसो भनेको जि’किर गरेका थिए । प्रचण्डसँग ख’टपट भएपछि पूर्व एकता केन्द्र पक्षधर नेताहरूले बुधबार र बिहीबार कसरी अघि बढ्ने भनेर ललितपुरमा गोप्य छलफल समेत गरेका छन् । उक्त छलफलले पनि प्रचण्डसँगको सहकार्य अव लगभग समाप्त भएको निष्कर्ष निकालेको नेताहरूले बताएका छन् । -रातो पाटी बाट

२०७८ फाल्गुन २०, शुक्रबार ११:०६ गते 1 Minute 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।