२०७९ जेष्ठ १० मंगलवार

सोनाक्षी सिन्हाले सलमानसँग बिहेको तस्बिर बारे यसो भनिन…

काठमाडौ : अभिनेता सलमान खान र सोनाक्षी सिन्हाको विवाहको नक्कली फोटो सामाजिक सञ्जालमा विगत केही दिनदेखि भाइरल भइरहेको छ ।

यी फोटोमा यी दुईले गोप्य रुपमा बिहे गरेको दाबी गरिएको छ। यो फोटोशप गरिएको फोटो र मानिसहरुको दावीबारे सोनाक्षी सिन्हाले समेत प्रतिक्रिया जनाएकी छन् ।

सोनाक्षीले मानिसहरू यति मूर्ख छन् कि फोटोशप गरिएका र वास्तविक फोटोहरूबीचको भिन्नता बुझ्दैनन् भनेर प्रश्न गरेकी छन् ।​ सोनाक्षी सिन्हाले फोटोमा प्रतिक्रिया जनाउँदै लेखेकी छन्

के तपाईं मूर्ख हुनुहुन्छ जसले वास्तविक र फोटोशप गरिएका फोटोहरूबीच भिन्नता छुट्याउन सक्नु हुन्न । सोनाक्षीले यो फोटोमा कमेन्ट गरेपछि उनका एक फ्यानले लेखेका छन्,
‘किन जवाफ दिँदै हुनुहुन्छ ?’ अर्की प्रयोगकर्ताले लेखेका छन् ।

“उनीहरुलाई मानिसको ध्यान चाहिएको छ र तपाईँले त्यही दिँदै हुनुहुन्छ ।’ अर्को प्रयोगकर्ताले लेख्छन्, “तपाईंले यस विषयमा बोल्नु भएकोमा खुशी छु, यस्तो गसिप पेज बन्द गर्नुपर्छ । ‘सलमान हाल युलिया वन्तूरलाई डेट गरिरहेका छन् भने सोनाक्षीको नाम अभिनेता जहीर इकबालसँग जोडिँदै आएको छ । -रातो पाटि बाट

२०७८ फाल्गुन २२, आईतवार ०८:५६ गते 1 Minute 383 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।