२०७९ आश्विन २१ शुक्रबार

भोलिदेखि नेपालको चुचे नक्सा सहितको एक रूपैयाँको सिक्का प्रचलनमा आउने !

काठमाडौं : नेपाल राष्ट्र बैंकले एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ ।राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले साविककै

आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७
लेखिएको एक रुपैयाँ दरको सिक्का भोलि बुधबारदेखि चलनचल्तीमा ल्याउन लागेको हो ।राष्ट्र बैंकका अनुसार बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला रहेको छ ।

नयाँ सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ ।
सिक्काको बीच भागमा सात प्रदेश खुल्ने गरिएको नेपालको नक्सा र नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमताका व्यक्तिहरुका लागि स्पर्श गरेर सिक्काको दर पहिचान

गर्न सक्ने एउटा मोटो थोप्ला रहेको छ ।सिक्काको पृष्ठ भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसट्ठी वटा थोप्लाहरु रहेको छ ।
आठ थोप्ला सहितको वृत्ताकार चित्र भित्रको वर्गाकार

आकृतिलाई वरिपरी चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बिचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा SAGARMATHA NEPAL लेखिएको छ।सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।

२०७८ फाल्गुन २४, मंगलवार २३:१३ गते 1 Minute 432 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।