२०७९ असार १४ मंगलवार

अब देखि विदेश जाने श्रमिक छुट्टै लाइनमा बस्नु नपर्ने, श्रम डेस्क हटाइयो ।

काठमाडौं : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ। श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दु:ख दिइएको

गुना’सो आएपछि मन्त्रालयले विमानस्थलमा राखिएको श्रम डेस्क श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हटाएको हो। श्रममन्त्रीको सचिवालयलका अनुसार मन्त्री कृष्णकुमार श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरु बुधवार विमानस्थलमा पुगेर श्रम डेस्क हटाएका हुन्।

अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ। सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छा’नबिन गर्ने नाममा श्रमिकलाई दु: ख दिएको गुना’सो आएको थियो।

विमानस्थलमा श्रमिकहरूको समस्यालाई समाधान गर्दै जाने प्रतिव’द्धता पनि मन्त्री श्रेष्ठले जनाए। विमानस्थलमा श्रमिकहरूका लागि यसअघि अर्को दर्जा जसरी छुट्टै गेटबाट प्रवेश दिने गरिएकोमा अव जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ ।

श्रमिकको प्रस्थानलाई छिटोछरितो बनाउन ३ वटै द्धारबाट प्रवेश पाउने विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए।
मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको पीसीआर परी’क्षण चेकजाँच गर्ने प्रकृया पनि हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आग्रह गरे।

यसअघि वैदेशिक रोजगारीमा जाने र विदामा आएका श्रमिक अनिवार्य रूपमा श्रम डेस्कमा गइ डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया अगाडि बढाइन्थ्यो। अव श्रमिकले श्रम डेस्क नगइ जुनसुकै गेटबाट पनि विमानस्थलमा प्रवेश पाउनेछन् ।

विमानस्थलमा वैदेशिक रोजगार विभागले सुचना केन्द्र भने स्थापना गर्नेछ। केन्द्रले समस्यामा परेका श्रमिकको सहजीकरणका लागि काम गर्नेर्नेछ । श्रम स्वीकृती सक्कली या नक्कली हेर्न श्रम डेस्क राखिएको हो। अहिले अनलाइन सफ्टवेयर राखिएपछि त्यसको औचि’त्य सकिएको छ।

वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका श्रमिकले प्रवेश र श्रम स्वीकृती स्टीकर परिक्षणका लागि घन्टौ लाइन बस्नु पर्ने बाध्य’ता हटेको छ । चालु आर्थिक वर्षको ७ महिनामा मात्र ३ लाख ५० हजारभन्दा धेरै श्रमिकले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए।

यसअघि वैदेशिक रोजगारमा जान विमानस्थल पुगेका दैनिक २ हजार श्रमिकले लामो लाइन बसेर श्रम स्वीकृतीको छाप लगाउनु पर्ने नियमका कारण सा’स्ती बेहोर्दै आएका थिए। श्रम डेस्क हटाइएपछि उनीहरु पनि खुसी भएका छन्। यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकको प्रस्थानद्धारलाई सिमित गरिएका कारण प्रवेश गर्न समेत श्रमिकले घन्टौ लाइन बस्नु पर्ने बाध्यता थियो। -प्रवास खबर

२०७८ फाल्गुन २५, बुधबार २२:०५ गते 1 Minute 201 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।