२०७९ आश्विन २१ शुक्रबार

भारतमा चौकीदारी गरेका खत्री अहिले फलफूल बगैँचाका ‘मालिक’ !

जुम्ला : कुनै समय रोजगारीको लागि भारतमा चौकीदारी गर्न जानुभएका जुम्लाका शंखु खत्री अहिले आफ्नै गाउँठाउँमा बगैँचाका मालिक बन्नुभएको छ ।

चन्दननाथ नगरपालिका वडा नम्बर १० का शंखुले बाँझा पाखाहरुलाई बगैँचामा परिणत गर्नुभयो । आफ्नो बाँझो जमिनमा ओखर, स्याउ लगायत फलफूलका बिरुवा रोपेर त्यसलाई नै आम्दानीको स्रोत बनाउनुभएका शंखु यही

व्यवसायबाटै लखपति हुनु भएको छ । ‘अहिले बर्सेनि ८० लाख रुपैयाँ भन्दा बढीको आम्दानी हुन्छ’, उहाँले बगैँचातिर आँखा दौडाउँदै भन्नुभयो, ‘स्याउ, ओखरबाट आएको फल तथा बिरुवा बिक्रीबाट आम्दानी हुने गरेको छ ।’

उहाँले यो वर्ष ७७ लाख रुपैयाँ बराबरको ओखरको बिरुवा मात्रै बिक्री गर्नुभयो । ६ लाख रुपैयाँको ओखर उत्पादन गर्नुभयो । यस्तै ३ लाख रुपैयाँ बराबरको स्याउ बिक्री गर्नुभयो ।

वि.सं २०४८ सालमा भारतको हिमाञ्चल सिम्लामा स्याउ बगैँचामा चौकीदारी गर्न पुग्नुभएको थियो उहाँ । एक वर्ष चौकीदारीको काम गरेर आफ्नै गाउँठाउँमा केही गर्ने सोच पलाएपछि उहाँ फेरि जुम्ला फर्किनुभयो । घर फर्केर स्याउ नर्सरी शुरु गर्नुभयो ।

नर्सरी सँगसँगै स्याउ उत्पादन पनि बढाउँदै जानुभयो । नर्सरीलाई उद्योगको रुपमा सञ्चालन गर्नुभयो । लामो समय स्याउ व्यवसायीको परिचय बनाउनुभएका शंखु पछिल्लो समय ओखर व्यवसायमा पनि अब्बल हुनुभएको छ । विभिन्न जातका ओखरहरुको उत्पादन गरेर बर्सेनि लाखाैँ रुपैयाँ आम्दानी गर्ने

शंखुको बगैँचा अहिले दैनिक किसान र विज्ञहरुको थलोको रुपमा चिनिन थालेको छ । शंखुले फलफूल खेती बारे केही कुरा रोजगारीको क्रममा भारतमा पनि सिक्नुभयो । तर यसको प्रेरणा भने आफ्नै बुवाबाट पाउनुभयो ।

वि.सं २०२४ सालमा राजा महेन्द्रले जुम्लामा बागवानी फारमको स्थापना गर्नुभएको थियो । शंखुका बुवा कर्णजित खत्री पनि त्यही फारममा चौकीदारको काम गर्नुहुन्थ्यो । बुवा त्यहाँ काम गर्ने भएपछि शंखु पनि त्यहीँ हुर्किनुभयो । फलफूलबारे धेरै कुरा सिक्नुभयो । त्यहीँबाट उहाँलाई प्ररेरणा मिल्यो ।

२०७८ फाल्गुन २५, बुधबार २२:४७ गते 0 Minutes 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।