२०७९ श्रावण २४ मंगलवार

चितवनमा पेट्रोलियम अन्वेषणको तयारी, चार हजार ९४५ वर्गकिलोमिटर अन्वेषण हुने ।

चितवन : खानी तथा भूगर्भ विभागले चितवनसहितका जिल्लामा पे’ट्रोलियम अन्वे’षण गर्ने प्रक्रिया अगाडि बढाएको छ । अन्वे’षण गर्न बोलपत्र आह्वानका लागि आवश्यक तयारी

पूरा गरी स्वी’कृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिएको पेट्रो’लियम अन्वे’षण परियोजनाले जनाएको छ । आयोजनाका प्रमुख डा. सुधीर रजौरेले दैलेख क्षेत्रबाहेक मुलुकको विभिन्न ठाउँमा पेट्रो’लियम अन्वे’षण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,पहिलो चरणमा चितवन र लुम्बिनी क्षेत्रमा पेट्रो’लियम अन्वे’षणका लागि आवश्यक तयारी गरी अन्तिम स्वीकृतिका लागि फाइल मन्त्रालयमा पेस गरिएको छ, मन्त्रालयको स्वी’कृति आएसँगै अन्वे’षणका लागि अन्त’र्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । वैशाखभित्र बोलपत्र आह्वान गर्ने आयोजनाको तयारी रहेको उहाँले बताउनुभयो ।

खानी तथा भूग’र्भ विभागले मेचीदेखि महाकालीसम्म पे’ट्रोलियम पदार्थको सम्भावना रहेका ठाउँलाई १० ब्लकमा विभाजन गरेको परियोजना प्रमुख डा. रजौरेले बताउनुभयो ।

चितवनको चार हजार ९४५ वर्ग किलोमिटर क्षेत्रमा अन्वेषण कार्य अगाडि बढाइएको छ । चितवन र लुम्बिनीको अ’न्वेषणका लागि ठे’क्कापट्टा भई अन्वे’षण कार्य सुरु भइसकेपछि अर्को च’रणमा अन्य आठ ब्लकको अन्वे’षणका लागि बोलपत्र आह्वान गरिने उहाँले बताउनुभयो ।

पेट्रोलियम अन्वेषण गर्न ठूलो लगानी लाग्ने र यसको जो’खिम ९२ प्रतिशतसम्म रहने भएकाले सरकार आफैँले अन्वे’षणको काम नगरी अन्तर्राष्ट्रिय कम्पनीलाई दिने गरिएको परियोजना प्रमुख रजौरेले बताउनुभयो ।

अन्वेषणका लागि छनोट भएका कम्पनीले अन्वेषण गर्दा लागेको सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्नुपर्छ । अन्वेषण गर्दा पेट्रो’लियम पदार्थ पाइएन भने त्यो सम्बन्धित अन्वेषक कम्पनीको जोखिममा हुनेछ, त्यसमा सरकारको खर्च लाग्दैन’’ उहाँले भन्नुभयो

तर आर्थिक रूपले सम्भाव्य हुनेगरी पेट्रोलियम पदार्थको खानी पत्ता लाग्यो भने कम्पनीको खर्च भएको रकम सरकारले फिर्ता दिनुपर्छ र त्यसपछि हुने स’म्झौताअनुसार उत्पादित तेल सरकार र सो कम्पनीबीच बाँडफाँट हुन्छ । त्यसैगरी उत्पादित तेलको १२.५ प्रतिशत रोयल्टी सरकारले पाउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।-नारायणी अन्लाईन बाट

२०७७ चैत्र १४, शनिबार २१:२७ गते 1 Minute 901 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।