२०७९ आश्विन २१ शुक्रबार

साउदीमा “बन्धक” छोरीको बाटो कुरिरहेकी आमा !

कपिलवस्तु : दाहिने खुट्टा फ्र्याक्चर भएपछि उनी हिँडडुल गर्न सक्दिनन् । घस्रेकै भरमा दि’सापिसा-ब गर्न शौचालयसम्म पुग्छिन् । उनको स्याहारकै लागि परिवारका एक जना खटि’नुपर्छ ।

दिनभरजसो घरको पिँढीमा बस्छिन् र टाढा क्षितिजतिर
एकटकले नियालिरहन्छिन् । गाउँमा नयाँ महिला आउनासाथ जीउ उचाल्दै टाउको यताउति फर्काउँदै हेर्छिन् । कपिलवस्तु वाणगंगा–१ की ७९ वर्षीया नरी बलामी । उनकी छोरी गिरीकला (इन्सेटमा) चार वर्षयता साउदी अरबमा बन्धक छिन्।

वाणगंगा नगरपालिका–१ बुङ्ची मर्थीटोलकी ७९ वर्षीया नरी बलामीको दैनिकी चार वर्षयता यसरी नै बितिरहेको छ । २०७२ सालमा वैदेशिक रोजगारीका क्रममा हिँडेकी छोरी अहिलेसम्म नआउँदा उनी निस्ताएकी छन् ।

दुई वर्षमा आउँछु, चिन्ता नलिई बस्नु भनेर गएकी,’ उनले भनिन्, ‘कस्तो अभागी रै’छु । अहिले त उसलाई घरमै थुनेर राखेको छ रे ।’ कोही घर पुग्नासाथ उनी छोरीकै बारेमा कुरा गर्छिन् । गहभरि आँसु झार्छिन् र बेला–बेला भक्का-निन्छिन् । हजुरआमाको आँसु देखेर दुई नाति नरमाइलो मान्छन् ।

५४ वर्षीया छोरी गिरीकला बलाल घरेलु कामदारका रूपमा दुबई गएकी थिइन् । चार वर्षयता भने उनलाई साउदी अरबको अल्गामीअमरका डफलाअली हुसेनले घरमै बन्ध’क बनाएर राखेको परिवारको गुनासो छ । उनीहरूका अनुसार हुसेन सेवा निवृत्त सुरक्षाकर्मी हुन् । अहिले उनी त्यहाँ तरकारी खेती गरेर बसेका छन् ।

२०७२ फागुनमा घरेलु कामदारका रूपमा दुबई गएकी उनलाई त्यहाँबाट उनलाई एक महिलाले किनेर कुवेत लगेको उनका कान्छा छोरा चूडामणिले बताए । ‘कुवेतबाट फेरि ती महिलाले साउदी अरब बस्ने बहिनीलाई बेचेको थाहा पायौं,’ उनले भने, ‘घरमा आमालाई घरेलु कामदारका रूपमा लगेछन् ।’

गाउँकै एजेन्ट युवराज अर्यालमार्फत गिरीकला काठमाडौंबाट विदेशिएकी थिइन् । ‘पछि राम्रो होला भनेर सुरुमा दुःखकष्ट सहेरै आमा बस्नुभयो,’ जेठा छोरा कृष्णले भने, ‘त्यसपछि पनि कष्टका दिन थपिँदै गए । पछिल्लो दुई वर्षदेखि त पी-डा र तनाव दिएर राखिएको रहेछ ।’ परिवारका अनुसार उनी मासिक १ हजार २ सय रियाल पाउने भनेर गएकी थिइन् । ‘दुई वर्षयता एक पैसा पनि दिएका रहेनछन्,’ कृष्णले भने, ‘घरबाहिर निस्कन दिएका छैनन् ।

’ तलब माग्दा जिब्रो का-टेर फाल्ने ध’म्की दिने उनले पठाएको एक भिडियो सन्देशमा छ । मालिकले यातना दिने, ध’म्की दिँदै मारेर फालिदिन्छु भन्ने गरेको परिवारसँग दुखेसो पोख्ने गरेकी छन् । ‘सुगर रोगको बिरामी छु । औषधि पनि नियमित ल्याइदिँदैनन्,’ उनले भनेकी छन्, ‘अस्पताल बन्द छ भनेर ढाँ-ट्छन्, सुगरले थलिँदै गएकी छु ।’

सहजै कुराकानी गर्न नदिए पनि लुकीचोरी इन्ट-रनेटका माध्यमबाट कहिलेकाहीँ कुराकानी हुने गरेको छोराहरूले बताए । ‘घरपरिवार र छोराछोरीको सुखका लागि गएकी थिएँ,’ अनलाइन संवादमा उनले भनिन्, ‘कुकुरले नपाउने दुःख पाएकी छु ।’ एक पटक आफूले काम गरेको पैसा माग्दा झ-गडा भएको उनले सुनाइन् ।

‘घर मालिकले अन-कन्टार ठाउँमा आफ्नो सालाकहाँ छाडेर फर्के,’ उनले भनिन्, ‘झन्डै १५ दिन त्यहाँ बसेपछि फेरि फिर्ता लिएर गएका थिए ।’ गिरीकला पढेलेखेकी छैनन् । अंग्रेजी बुझ्दिनन् । साउदी भाषा पनि जान्दिनन् । ‘भागेर पनि कहाँ जाऔं ?’ उनले भनिन्, ‘चारैतिर पहाडै पहाड छ । म बसेको ठाउँमा भाडाका बस, जिप चल्दैनन् ।’

आमाको उ-द्धार गरिदिन छोराहरूले दुई महिनाअघि जिल्ला प्रशासन कार्यालयमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । तर, अहिलेसम्म सुनुवाइ भएको छैन । बुबाको नि-धनपछि जीवनयापन गर्न धौधौ भएपछि आमा विदेशिनुपरेको चूडामणिले बताए ।

‘आमाले कमाएर पठाएको पैसाले नै दुई कोठे पक्की घरलाई चार कोठे बनाएका छौं,’ उनले भने, ‘पैसा पठाउन छाडेपछि जेठा दाजु ज्याला मजदुरी गर्न जान्छन्, म दिनभरि काम खोज्दै भौंतारिन्छु ।’ सम्पत्तिका नाममा उनीहरूको दुई कट्ठा जमिन छ । ‘त्यसको उब्जनीले दुई महिना पनि खान पुग्दैन,’ उनले भने । -तस्बिर : मनोज / कान्तिपुरबाट

२०७८ फाल्गुन २६, बिहीबार २२:१५ गते 1 Minute 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।