२०७९ मंसिर १३ मंगलवार

सुदन किरातीको प्रश्न, प्रकाश सपुतलाई – राजतन्त्र भए यसरी नै संगीत क्षेत्रमा खेल्न पाउनुहुन्थ्यो त ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका संघीय सांसद सुदन किरातीले गायक प्रकाश सपुतको सार्वजनिक भएको नयाँ गीत ‘पिर’माथि प्रश्न गरेका छन् ।

गायक सपुतले केही दिनअघि युट्युबमा सार्वजनिक गरेको गीतमा माओवादी द्व’न्द्वको लक्ष्य प्राप्ति र त्यसले निम्त्या-एको भय-वहबारे चि’त्रण गरिएको छ ।

त्यहीँ गीत हेरेर सांसद किरातीले सपुतलाई देशमा अझैँ नि-रंकुश राजतन्त्र भए संगीत क्षेत्रमा रच-नात्मक रुपमा खेल्न पाउनुहुन्थ्यो भन्दै प्रश्न गरेका छन् । यस्तै, सांसद किरातीले राजतन्त्र भइदिएको भए दलित जाति-माथि लादिएको वि’भेद पनि हट्थ्यो भन्दै पनि प्रश्न गरेका छन् ।

सांसद किरातीले फेसबुकमा लेखेका छन्, ‘प्रकाश सपूत जी ! यसको मतलब जनयु-द्धबाट प्राप्त उपलब्धी गलत थियो ? जनयु-द्धमा सहभागी भएका महिलाहरु तपाईले भने जस्तै देह व्यापार गरी रहेका छन् ?

संगीत क्षेत्रमा तपाईले खेल्नु भएको रचनात्मक भुमिका देशमा निरङ-कुस राजतन्त्र रहेको भए त्यसरिनै खेल्न पाउनु हुन्थ्यो त ? तपाई जेल जानु पर्दैन थियो ? तपाईको समुदाय माथी लादिएको बि’भेद हटेकोमा तपाई बेखुशी हो ?

यो व्यबस्था उल्टियो भने तपाईको जातीलाई नै सबैभन्दा ठुलो क्षति पुग्छ होइन र ? त्यसो भए ति महिला यो-द्धाहरुलाई तपाईको रचनामार्फत सम्मान पो गर्नु पर्थ्यो होइन र ?’

सांसद राईले भिडियोमार्फत माओवादी द्व-न्द्वले केही उपलब्धि ल्याएन भन्नेमा प्रश्न उठाएका छन् । सृजना गरिएको गीतमा जनयु-द्धमा सहभागी भएका महिलाहरु दे-ह व्यापार लागेको भन्नेमा उनले आप-त्ति जनाएका छन् ।

उनले लेखेको छन्, ‘जेल ब्रेक गरेर उमा भुजेलहरु, दौडिएर बिश्व कृतिमान कायम गर्ने मिरा राईहरु, कलिलो उमेरमा देशको सभामुख बन्न सफल ओनसरि घर्ति मगरहरु कहाँ बाट जन्मिएको होला ? उहाँहरु प्रति तपाईको सृजना किन मौन छ ?’

२०७८ फाल्गुन २९, आईतवार ०५:३७ गते 1 Minute 327 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।