२०७९ आश्विन २१ शुक्रबार

खुलेआम राजनीतिमा आएर प्रतिस्पर्धा गर्न प्रकाश सपुतलाई रञ्जीत तामाङको चुनौती !

काठमाडौं : गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा यो चर्चाको विषय बनेको छ ।

माओवादी सशस्त्र द्व-न्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित गीतबारे मिश्रित प्रतिक्रिया आएका छन् । माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आ-क्रोश पोखेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जीत तामाङले सुपतलाई खुलेआमा राजनीतिमा आउन चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैको उक्सा-हटमा माओवादीविरु-द्ध प्रयोग हुनुभन्दा खुलेआमा राजनीतिक प्रति-स्पर्धामा आउन आग्रह छ ।’

उनी उक्त गीत ‘पिर’ शीर्षमा कथाकारको अ-र्धचेत, अल्प-ज्ञानको उपज भएको बताएका छन् । माओवादीको कमीकमजोरी स्वीकार गर्दै भनेका छन– ‘परिवर्तनका लागि मृत्युसँग मु-काबिला गरेका हाम्रा कमरेडहरु त्यति निच

जिवन बिताइरहेका छैनन्, बरु एक छाक खाएका छन्, एकधरो कपडा लाएका छन् तर स्वाभिमान, नैतिकता र आत्मसम्मान गुमाएर जिउँदै मरेका छैनन ।’ उक्त गीत माओवादी जनयु-द्ध र महिला जनमु-क्ति सेनाहरुलाई अपमानित गरेर बनाइएको भन्दै गीत हटाउन पर्ने उनको माग छ ।

२०७८ फाल्गुन २९, आईतवार १४:३९ गते 1 Minute 1211 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।