२०७९ श्रावण २८ शनिबार

प्रकाश सपुतको नयाँ गीत ‘पिर’ चर्चामा, बाबुराम भट्टराईको भन्नुहुन्छ – जनयु’द्धको वि’रोध गरेको छैन ।

काठमाण्डाै : गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ एकाएक चर्चित भएको छ । शनिवार युट्युबमा गीत सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा यसले चर्चा पाएको छ ।

जनयु’द्धको वि’रोध गरेको भन्दै माओवादीका एकथरी नेता कार्यकर्ताले आलोचना गरेका छन् । अर्काथरीले भने गीतले वास्तविक अवस्था झल्काएको भन्दै प्रशंसा गरेका छन् ।

१६ मिनेट लामो गीतले माओवादीको सशस्त्र द्वन्द्व र त्यसपछिको अवस्थालाई झल्काएको छ । समाज परिवर्तनको सपना लिएर यु’द्ध लडे¥काहरुको सपना पूरा नभएको र उनीहरु बिचल्लीमा परेको कुरा गीतमा देखाइएको छ ।

सशस्त्र द्व’न्द्वपछि टाठाबाठा नेताहरु सत्तामा पुगेर हालीमुहाली गरेको तर सोझासाझाले सास्ती भोग्नुपरेको कथा गीतले समेटेको छ । तर सशस्त्र यु’द्धमा सहभागी महिला छापामा’रहरु देह

व्या’पारमा संलग्न भएको दृश्य चित्रणप्रति माओवादी नेता कार्यकर्ताहरुले विरो’ध गरेका छन् । गीतको भिडिओमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्तको अभिनय छ । आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपुत र सम्झना भण्डारीको स्वर छ ।

यसअघि पशुपति शर्माको गीत ‘लु’ट्न सके लु’ट कान्छा’को पनि यसैगरी विरोध भएको थियाे । २०७५ सालमा शर्माले ल्याएको यो गीतवि’रुद्ध एमालेका कार्यकर्ताले विरोध जनाएका थिए । वि’रोध चर्किएपछि शर्माले युट्युबबाट गीत हटाएर केही महिनापछि परिमार्जनसहित फेरि युट्युबमा पोस्ट भएको थियो ।

बाबुराम भट्टराई – प्रकाशको गीतमा आपत्ति मान्नुपर्ने कुरा छैन ।

जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रकाश सपुतको नयाँ गीत ‘पिर’मा आपत्ति मान्नुपर्ने कुरा नभएको बताउनुभएको छ । आफू जनयु”द्धको अगुवा हुनुको नाताले गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको भट्टराईले उल्लेख गर्नुभएको छ ।

‘म पनि जनयु’द्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु – त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन, गीतले जनयु’द्धको वि’रोध गरेको छैन,’ सामाजिक सञ्जालमा भट्टराईले लेख्नुभएको छ ।

२०७८ फाल्गुन २९, आईतवार १४:५५ गते 1 Minute 276 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।