२०७९ आश्विन २१ शुक्रबार

मलेसिया रोजगार – श्रम स्वीकृति खुला गर्ने सरकारको निर्णय !

काठमाडौं : सरकारले मलेसियाका लागि पुन: श्रम स्वीकृति दिन सुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले मलेसियाका लागि करिब दुई वर्षदेखि श्रम स्वीकृति रोकिएकोमा पुन:

सुरु गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठको सचिवालयअनुसार मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई

प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको हो ।

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरू जान पाएका थिएनन् ।

मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेको र सो अनुसार मागपत्र नेपाली कूटनीतिक नियोगबाट प्रमाणिकरण भई आएकाले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुन: सुरु गर्ने निर्णय गरिएको हो ।

२०७८ फाल्गुन २९, आईतवार १९:०४ गते 1 Minute 251 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।