२०७९ आश्विन २१ शुक्रबार

यूएईमा भएका क्रिप्टोकरेन्सीलाई वास्तविक मुद्रामा परिवर्तन गर्दै रुसीहरु !

युएई : रुसीहरुले यूएईमा रहेका क्रिप्टो संस्थाहरुलाई आफ्ना बचतलाई वास्तविक मुद्रामा बदलिदिन आग्रह गरेका छन्। यूएईमा भएका क्रिप्टो संस्थाहरुमा हिजोआज यस्तो आग्रह

थेग्नै नसकिने गरी आउने गरेको रोयटर्सले उल्लेख गरेको छ।
रुसीहरुले आफ्ना क्रिप्टोको सुरक्षाका लागि यस्तो आग्रह गरेका केही कम्पनीका कार्यकारी तथा अन्य वित्तीय स्रोतहरुले जनाएका छन्।

ती संस्थाका केही ग्राहकले भने दुबईमै घरजग्गा जोड्न चाहेको पनि बुझिएको छ। एउटा क्रिप्टो संस्थाले विगत १० दिनमा स्विस दलालहरुमार्फत् अर्बौं डलर बराबरका बिटक्वाइनलाई वास्तविक मुद्रामा परिणत गरिदिने आग्रह आएको बताएको छ।

ती आग्रहमध्ये कुनै पनि २ अर्ब डलरभन्दा कम नभएको र स्विजरल्याण्ड सरकारले आफ्नो क्रिप्टो जफत गरिदिने डरले पनि यसलाई अन्य ठाउँमा लगानी गर्न उनीहरु आतुर भएको बताइएको छ।

‘हामीले गत हप्ता ५ देखी ६ ओटा यस्ता आग्रह पायौं ’,संस्थाका कार्यकारीले भने। यस्तो चासो हामीले यसअघि देखेका थिएनौं। उनले आफ्नो संस्थाले महिनामा एउटा मात्र ठूलो रकमको कारोबारको आग्रह पाउने गरेको पनि थपे।

उनले केही दिन अघि एकजना दलालमार्फत् आएर ६ अर्ब डलर बराबरको १ लाख २५ हजार क्रिप्टो बिक्री गरेर उक्त रकम अस्ट्रेलियाको कुनै कम्पनीमा पठाउने बताएको पनि उल्लेख गरे।

२०७८ फाल्गुन २९, आईतवार १९:१२ गते 0 Minutes 345 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।