२०७९ आश्विन २१ शुक्रबार

साउदी सरकारले आगामी मार्च ३१ सम्म दियो समय सिमा !

साउदी अरब : साउदी अरवले अकामाको नविकरण तथा एक्जिट र रि–ईन्ट्री भिसाको म्याद आगामी मार्च ३१ सम्म थप शुल्क नलिई नविकरण गर्ने भएको छ ।

साउदी प्रेस एजेन्सीका अनुसार यस सम्वन्धि विषय हेर्ने साउदी अरवको सरकारी निकाय जवाजतले आवासिय अनुमति (अकामा) र एक्जिट तथा रि–ईन्ट्री भिसा सो समयसम्मका लागि थप कुनै शुल्क नलिई नविकरण गर्ने भएको हो ।

साउदी गजेटका अनुसार को’भिड १९ का कारण विभिन्न मुलुकहरुमा तथा ति मुलुकबाट साउदी अरव आउन यात्रा वन्देज लागेका कारण समस्यामा पर्न सक्ने विदेशी श्रमिकलाई लक्षित गर्दै यस्तो निर्णय गरिएको हो ।

उनीहरु साउदी सरकारको सो निर्णयबाट लाभान्वित हुने अपेक्षा गरिएको समाचारमा जनाइएको छ जवाजतले यसबीचमा म्याद सकिने अकामा तथा एक्जिट र रि–ईन्ट्री भिसाको म्याद स्वत: मार्च ३१ सम्म थपिने जनाएको छ ।

यसका लागि कुनै थप प्रकृया गर्नु पर्दैन । तर साउदी अरवमा यस अगाडी नै एक मात्रा को’भिड–१९ विरु’द्दको खोप लगाएका र स्वदेश फर्किएर पुन: साउदी अरव फर्किनु पर्नेहरुलाई भनें लागु नहुने जनाइएको छ ।

२०७८ फाल्गुन २९, आईतवार २१:०७ गते 1 Minute 494 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।