
काठमाडौं : नेकपा एमालेका कुल १२० सांसदमध्ये माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा ३८ सांसद छन् । यसअघि उनीहरुसँग ४० भन्दा बढी सांसद रहेकामा केहीले गु’ट परिवर्तन गरिसकेका छन् ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र खनाल पक्षमा निरन्तर क्षय गराइरहेका छन् । तर, नेपाल भने धैर्य’ताका साथ उभिएका छन् । उनले आफू पक्षीय नेता कार्यकर्तालाई पनि धै’र्य गर्न भनेका छन् ।
मधव नेपाल ओलीसँग एमालेभित्रै संघर्ष गर्न तयार रहेको अवस्थाबीच उनको समूहको दोस्रो तहका नेताहरु भने वि’द्रोहका लागि दबा’ब दिइरहेका छन् । बरु सांसद पद नै गएपनि ओलीसँग मिलेर बस्न नसकिने पक्षमा उभिएका छन् ।
एमाले नेताहरु भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराईलगायतका नेताहरु वि’द्रोह गरेर अगाडि बढ्ने पक्षमा छन् । उनीहरुले बलियो एकीकृत कम्यु’निस्ट पार्टी बनाएर जानुपर्नेमा जोड दिइरहेका छन् । त्यसको गृह’कार्य पनि भइरहेको छ ।
ओलीले एमालेभित्र झनै वर्चश्व बढाइरहेका छन् । यसबाट माधव नेपाल झन् कम’जोर हुँदै जाने वातावरण बनेको छ । जति ढिलो गर्यो उति क्षति पुग्ने भन्दै वि’द्रोहका साथ जानुपर्नेमा नेपालनिकट प्र’भावशाली नेताहरुको जोडबल रहेको बुझिएको छ । रिपोर्टस क्लब
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।