२०७९ जेष्ठ १० मंगलवार

प्रकाश सपूतलाई सुरक्षा खतरा !

काठमाडौं : गायक प्रकाश सपूतलाई सुरक्षा खतरा बढेको छ । माओवादी द्व’न्द्वले दिएको पी’डासम्बन्धी म्युजिक भिडियोका कारण चर्चामा आएका उनलाई ध’म्की आउन थालेको छ ।

सपूतलाई माओवादीसम्वद्ध संगठनका पदाधिकारीले नै धम्की दिन थालेका छन् । युट्युबबाट भिडियो हटाउन ध’म्की बढ्न थालेको छ । माओवादीसम्व’द्ध अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भिडयो नहटाए चुप नलाग्ने भन्दै धम्की

दिएकी छिन् । सामाजिक सञ्जालमा पनि उनीविरु’द्ध धम्की आएको छ । माओवादी केन्द्रीय सदस्य दीपशिखाले पनि चेतावनी दिएका छन् । उनले म्युजिक भिडियोमा देखाइएको कतिपय दृश्य आपत्तीजनक मात्र नभई दण्डनीय भएको बताएका छन् ।

पीडा दियो बोलको गीत यतिबेला युट्युबमा ट्रेन्डिङमा छ । युट्युबमा राखेको भिडियो अहिलेसम्म दशौं लाखले हेरिसकेका छन् । माओवादी द्व’न्द्वमा प्रत्यक्ष सहभागी लडाकुको पीडादायक जीवनलाई कथा बनाएर म्युजिक भिडियो बनाइएको छ ।

म्युजिक भिडियोमा प्रकाश सपूत, सुरक्षा पन्त, सम्झना भण्डारी, केशव पुनलगायतले अभिनय गरेका छन् ।
भिडियोमा माओवादीका पूर्व लडाकुहरु विदेशिन वाध्य भएको देखि यौन व्यापारमा लाग्न थालेको देखाइएको छ ।-दैनिक न्युज नेपाल

२०७८ फाल्गुन २९, आईतवार २१:४० गते 1 Minute 321 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।