२०७९ मंसिर १२ सोमबार

प्रकाश सपुतलाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ध’म्कि नरोकिए हामी प्रति-कार गर्छौ ।

काठमाडौ : गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’को वि’वाद चुलिँदो छ । दशवर्षे सशस्त्र द्व’न्दका परिणामको केही हिस्सा समेटेपछि गीत वि’वादमा मु’छिएको हो । गीतमा सपुतलाई स्वरमा साथ सम्झना भण्डारीले दिएकी छन् ।

प्रकाशकै गायन, लेखन, संगीत, परिकल्पना र निर्देशन रहेको गीत लिएर अहिले सामाजिक सञ्जालमा बिभिन्न ठिक र बेठिकका अनेक बहस भइरहेको छ । यस्तैमा गीत विवादमा युथ फोर्स नेपाल भने गायक सपुतको पक्षमा उभिएको छ ।

युथ फोर्स नेपालले एक विज्ञप्ति जारी गर्दै सपुतमाथि भइरहेका ध’म्कीपूर्ण भाषा रोक्न अनुरोध गर्दै ध’म्कि नरोकिए प्रति’कार गर्न आफु तयार रहेको बताएको हो । ‘स्वतन्त्रता, सामाजिक न्याय, उत्पी’डित वर्ग, समुदायको हक–हितको रक्षासहितको प्रावधान संविधानमा राखिएको छ ।

तर पनि भर्खरै चर्चामा आएको प्रकाश सपुतको ‘पीर’ नामक सांगीतिक भिडियोलाई लिएर माओवादी (केन्द्र) आवद्ध वाइसियल लगायत जनसंगठनका नेता कार्यकर्ताले भिडियो बन्द गर्न ध’म्कीपूर्ण भाषासहितको अभिव्यक्ति दिएको देखियो’

विज्ञप्तिमा अगाडि भनिएको छ ‘यसबाट ‘चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तानेको’ प्रष्ट भएको छ । कलाकारले कलाकारिताको माध्यमबाट यथार्थ चित्रण हुनेगरी मनोरञ्जन दिने अभिप्रायले सिर्जना गरेको हुन्छ । कलाकारले देखाएको प्रतिभालाई रोक्ने अधिकार कसैलाई हुँदैन ।’

देशमा कानुनी राज्य भएको र कानुन उलंघन हुनेगरी प्रसारण भए कानुनी सहायता लिई गीतमा रोक लगाउन सकिने बताएको युथ फोर्स नेपालले ध’म्कीपूर्ण कार्य रोक्न समेत सुझाव दिएको छ ।

कानुन सम्बत भएको रचना कसैले धम्की दिई रोक्न खोजिन्छ र राजनीतिक नाममा अराजनीतिक गतिविधि गर्न खोजिन्छ भने यसको प्रति’कार गर्ने मुलुकमा युथ फो’र्स नेपाल रहेको छ’ युथ फोर्स नेपालका प्रमुख पुष्पराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ । -रातो पाटिमा खबर छ ।

२०७८ फाल्गुन ३०, सोमबार ०५:४२ गते 1 Minute 679 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।