२०७९ जेष्ठ १० मंगलवार

प्रचण्ड भन्नुहुन्छ – प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर वि’वाद गर्न आवश्यक छैन ।

काठमाण्डाै : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर वि’वाद गर्नु नपर्ने बताउनु भएको छ ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले आफूले पूरै गीत हेर्न नभ्याए पनि मिडियाबाट थाहा पाएको भन्दै गीतलाई लिएर कोही आवेगमा आउन नपर्ने बताउनु भएको हो ।

शान्ति प्रक्रियामा ल्याएर माओवादीले ब’र्बाद गर्यो भनियो भने गलत हुने तर सशस्त्र द्व’न्द्वका विषयमा केही टिप्पणी भने गर्न सकिने उहाँको भनाइ छ । सशस्त्र द्व’न्द्वका विषयमा बहस भइरहने भएकाले यसबारे हुने तर्क/वितर्क, पक्ष/विपक्षलाई

स्वाभाविक रूपले लिनुपर्ने प्रचण्डको भनाइ छ । प्रकाश सपुतको गीतले जनयु’द्धको अवमूल्यन गरेको भन्दै माओवादीका एकथरी नेता कार्यकर्ताले विरो’ध गरिरहेको बेला प्रचण्डको यो भनाइ आएको हो ।

सशस्त्र यु’द्धमा सहभागी महिला छापामा’रहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति आपत्ति जनाउँदै माओवादीका जनवर्गीय सङ्गठनका केही नेताले गीतको म्युजिक भिडियो युट्युबबाट हटाउन चेता’वनी पनि दिएका छन् ।

२०७८ फाल्गुन ३०, सोमबार १०:३० गते 1 Minute 405 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।