
काठमाण्डाै : उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धनी र गरिबका बीचमा हुने वि’भेदको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
आज शुक्रवार २४ औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले शिक्षा र स्वास्थ्यमा धनी र गरिबका बीचमा विभेद भएकाले अन्त्य हुनुपर्ने बताउनुभएको हो ।
छोराछोरीले शिक्षा र स्वास्थ्यमा प्रशस्त अवसरहरू पाएको भए पनि गरिबहरूले यस्तो अवस्थाबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो । सबैले विना भेदभाव सर्वसुलभ रूपमा उपचार र शिक्षा पाउनुपर्ने उहाँले बताउनुभयो ।
उपराष्ट्रपति पुनले भन्नुभयो, ‘धनी र गरिब भएकै कारण कसैले उपचार पाउने, कसैले उप’चार नपाउने जस्ता समस्याको अन्त्य हुनुपर्छ । वि’भेदको अन्त्य हुनुपर्दछ ।
उपचारजस्तो कुरामा सबैको हक समान हुनुपर्छ । हामीले संविधानमा व्यवस्था गरे पनि व्यवहारमा लागू हुन सकिरहेकाे छैन । हुनेखानेका छोराछोरी ठुल्ठुला स्कुलमा र विदेशमा पढ्न जाने अवस्था छ तर गरिबहरू पढ्न नपाएर शिक्षाबाट पनि वञ्चित भएको अवस्था छ ।’
उपराष्ट्रपति पुनले कुष्ठरोग प्रभावित सबै व्यक्तिहरूप्रति समान भाव व्यक्त गर्न र सहयोग गर्न पनि आग्रह गर्नुभयो । कुष्ठ रोगको निर्मूल र प्रभा_’वकारी उपचारका लागि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । -उज्यालो अन्लाईन
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।