
रुकुम पश्चिम : रुकुम पश्चिमका एक युवाले तीन पटक विश्व रेकर्ड कायम गर्नुभएको छ । आठबिसकोट नगरपालिका-११ का २१ वर्षीय मानसिङ ओली (प्रभास) ले तीन पटक विश्व रेकर्ड कायम गर्नुभएको हो ।
मानसिङले १२ सय ग्रामको गिनिज बुक अफ वल्ड रेकर्ड पुस्तक लगातार ३ घण्टा ४० मिनेट ३ सेकेण्ड सम्म औँलामा घुमाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । विश्व कीर्तिमान कायम गर्नु भएका मानसिङले गएकाे मार्च
महिनामा ब्यालेन्स ग्रुप अप कम्पनी र अर्डर नाउले आयोजना गरेको एक कार्यक्रममा लगातार ३ घण्टा ४० मिनेट ३ सेकेण्डसम्म गिनिज बुक अप वर्ल्ड रेकर्डकाे पुस्तक औँलामा घुमाउनु भएकाे थियाे । उहाँले गएकाे बुधवार विजेताको प्रमाणपत्र पाउनु भएकाे हाे।
उहाँलाई अर्डर नाउका प्रमुख विजय प्रसाईँले विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र उपलब्ध गराउनुभएको हो। प्रभासले यस बाहेक अन्य दुई ओटा रेकर्ड समेत कायम गरेकाे बताउनुभयो ।
उहाँले गएकाे असोज ४ गते काठमाण्डौमा आयोजित एक कार्यक्रममा सबैभन्दा लामो समय औँलामा प्लेट घुमाएर विश्व रेकर्ड कायम गर्नुभएको थियो । उहाँले ४ घण्टा ४ मिनेट ४४ सेकेण्डमा रेकर्ड कायम गर्नुभएको थियो ।
त्यसैगरी उहाँले गिनिज बुक अफ वर्ड रेकर्डको पुस्तक सबैभन्दा बढी पटक फन्को लगाएर पनि रेकर्ड कायम गर्नुभएको छ । उहाँले पुस्तक एक मिनेटमा सबैभन्दा बढी ३ सय १५ पटक घुमाएर विश्व रेकर्ड जितेको बताउनुभयो । यी दुई ओटामा रेकर्ड कायम गराएको र प्रमाणपत्र आउने प्रक्रियामा रहेको प्रभासले जानकारी दिनुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।