२०७९ जेष्ठ १० मंगलवार

अष्ट्रेलिया जानेबीच बढ्यो डिभोर्स र आत्मह-त्या !

काठमाडौ : काभ्रेको पनौती घर भई हाल कोटेश्वर, जडिबुटी बस्ने र जापान हुँदै अष्ट्रेलिया छिरेका अजय आचार्यले अस्ति सोमबार साँझ लामो भिडियो फेसबुकमा पोष्ट गरेर पत्नीसहित

सम्पूर्ण ससुराली खलकलाई दो’ष लगाए र आत्मह,’त्याको योजना सुनाए । भलै साथीभाइले थाहा पाएर उनलाई अकाल म’र्न दिएनन् ।यसरी अनेक सुन्दर सपना साँचेर अष्ट्रेलिया पढ्न जाने नेपाली विद्यार्थीले दिनदिनैजसो आत्मह,’त्या गर्न थालेपछि अभिभावकहरु पी’डामा परेका छन् ।

छोराछोरी उच्च शिक्षा हासिल गरी फर्किने आशा गरे पनि बढ्दो आत्मह- ‘त्याले बाबु–आमालाई रुनु न हाँस्नु बनाएको हो । बितेको दुई हप्ताबीच मात्रै सिड्नी र न्यू साउथ वेल्समा तीन जनाले आत्मह,’त्या गरेका छन् । यसमा नेपाल छाडेको २ हप्तामात्रै पुगेका युवकसमेत छन् ।

गत वर्षको जनवरी २ देखि अक्टोबरसम्मको तथ्यांकअनुसार २१ जना नेपाली अष्ट्रेलियामा विभिन्न कारणबस बितेका छन् ।
त्यसमा आत्मह,’त्याको दर उच्च छ ।विभिन्न कारण दिवंगत भएका २७ जनामध्ये ११ जनाले आत्म-ह-‘त्या गरेका छन् भने

पानीमा डुबेर ५ जना, मोटरसाइकल दु’र्घ’टनामा २ जना, झै’झगडाको कारण शंकास्पद मृ’त्यु भएका १ जना र क्या’न्सरलगायत रो’गबाट ३ जना छन् आत्मह,’त्यालगायत सबै कारणले बित्ने जम्मै जना विद्यार्थी नै हुन् ।

सबैजसोको श’व नेपाल ल्याउने चलन छैन । ऋण काढेर गएका यस्ता विद्यार्थीको अभिभावकसँग श’व ल्याउने खर्च पनि हुँदैन । त्यसैले उतै सद्गत हुने गरेको छ । कोही–कोहीको श’व भने एनआरएन र परिवारका सदस्यहरूको पहलमा स्वदेश ल्याउने गरिएको छ । स्मरणीय छ, अष्टेलियाको कानुनले आत्मह,’त्यासम्बन्धी समाचार प्रकाशन गर्न अनुमति दिँदैन ।

आत्मह,’त्या गर्नुपर्ने कारणमध्ये मा’नसिक स्वास्थ्यमा देखिएको नकारात्मक असर मात्र नभएर अन्य धेरै छन् । कारण विश्लेषण गर्दै कार्य-वाहक राजदूत द्रौपदा सापकोटा भन्छन्, ‘अष्ट्रेलियामा भनेजस्तो काम पाउँदैनन्, बेरोजगार बस्नु परेपछि मा’नसिक त’नाव हुन्छ, यो कारणले पनि आत्मह,’त्या गर्नेको संख्या बढ्दो छ भने नेपालमा हुँदा आमाबाबुको कमाइमा रमाएका छोराछोरीले अष्ट्रेलियामा बाँच्न जोतिएर काम गर्नुपर्ने हुन्छ ।

त्यसरी काम गर्न नसकेपछि निराशा र ग्ला’नि पैदा हुँदा पनि जीवन गुमाउने गरेका छन् । त्यसैगरी, काम गरेर पैसा कमाउनेहरू जुवा र पोकरहरूमा फसेपछि आफ्नो जीवनलाई बर्बाद पार्ने गरेका छन् भने ब्वाइ-फ्रेण्ड र गर्लफ्रेण्डबीचको झ’गडाका कारण घु’क्र्याउने सुरमा म’र्नेहरू पनि छन् । लागुऔ,’षधको कुलतमा फ’सेकाहरू त झन् बढी म’र्न तम्सन्छन् ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या दर बढिरहेको बेला पारपाचुकेको संख्या पनि ड’रलाग्दो देखिएको छ । अष्ट्रेलियाका अदालतमा हरेक दिनजसो नेपाली डिभोर्सको मुद्दा लिएर पुगेका छन् । यसका लागि पति/पत्नी मात्र दो’षी नभएर नेपाली वकिलको पनि उत्तिकै हात रहेको बताइन्छ ।

अर्काको डिभोर्स गरेर पेट पाल्ने खिलेन्द्र तिम्सिनाजस्ता वकिलले त फेसबुक वालमा ‘डिभोर्स गरौं, आनन्दले जीवन बाँचौं’ भन्दै पोस्ट्याउने गरेका छन् । फ’र्जी धन्दा चलाएबापत लाइसेन्स खोसिएका यिनै तिम्सिनालाई अघिल्लो महिना नेपाल आउँदा एयरपोर्टबाटै पत्नीमाथि वैवाहिक बला’त्कारको मु-द्दामा प्रहरीले प’क्रेर थुनेको थियो ।

अदालतबाट धरौटीमा छुटेका उनी अष्ट्रेलियामा अर्काको डिभोर्स गराउँदा नेपालमा आफ्नै पनि डिभोर्स हुने अवस्था भएपछि अहिले दिल्ली हुँदै सिड्नी उड्ने भनेर बेपत्ता भएका छन् ।अष्ट्रेलियाको सपना देखाउँदै नेपालीले नेपालीलाई मुर्गा बनाउन शुरु गरेका छन् ।

को-भि’ड १९ को कहरपछि अष्ट्रेलियाले कामदारको अभाव पूरा गर्न बोर्डर खुला गर्नुका साथै लुज भिसा प्रणालीलाई प्राथमिकता दिएको छ । यस्ता कामदार आपूर्ति गर्न विभिन्न आकर्षक प्र’लोभन दिएर नेपाली विद्यार्थी पठाउने नयाँ धन्दा शुरु भएको छ ।यसनिम्ति कन्सल्टेन्सी खोलेर बसेका नेपालीले अष्ट्रेलियामा कलेज पनि खोलेका छन् ।

उनीहरूले ओपन ओपेरा हाउस, हाइड पार्क र हार्बर ब्रिजको फोटो देखाउँछन् ।तर कलेज भने शहरको गल्लीमा दुई तीन वटा कोठा लिएर सञ्चालन गर्छन् । कलेजवालाले कन्सल्टेन्सीवालाई विद्यार्थी ल्याएबापत ५० प्रतिशत कमिशन दिने चलन छ । यता फर्कियो, उता फर्कियो अन्तिममा ठगिने भने नेपाली विद्यार्थी, अष्ट्रेलियामा ठग्ने पनि नेपाली नै । -जन आस्था

२०७८ फाल्गुन ३०, सोमबार १३:२९ गते 1 Minute 2226 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।