
काठमाडौं : माछा मा’रेर परिवार पालिरहेका तामाकोसी गाउँपालिका–१ भिरकोटका लछुमन माझी वि’रुद्ध पाँच करोड ५६ लाख क’र छलीको मु’द्दा लागेको छ।
उनका छिमेकी पनि आफू’माथि कस्तो मु’द्दा लाग्ने हो भनेर भ’यभीत छन्। भू’कम्प पी’डितका नाममा १० देखि ३० हजार राहत दिएर उनीहरूको नागरिकता संकलन गरिएको थियो । तर, त्यही नागरिकताका आधारमा कम्पनी खोलेर अ’र्बौँ का’रोबार गरी करोडौँको रा’जस्व छली भएको छ ।
यस्तै गि’रोहले बाराका विपन्न द’लितका नाममा कम्पनी खोलेर एक अ’र्ब चार करोड रा\जस्व छ’ली गरेको थियो। भूक’म्पबाट अतिप्र’भावित दोलखामा जेठ–असार ०७२ मा राहत दिने भन्दै गि\रोहले तामाकोसी किनारको माझीबस्तीबाट नागरिकता संकलन गरेको थियो ।
तामाकोसी भिरकोटका लछुमनले पनि नागरिकता दिएका थिए । तर, करिब साढे पाँच वर्षपछि गत मंसिरको अन्तिम साता उच्च अदा’लत पाटनबाट म्याद तामेलीको पत्र आयो । राजस्व अनुस’न्धान विभागले उनी ‘विरु’द्ध मु’द्दा दाय’र गरेको थियो ।
अ’दालतको पत्रमा लछुमनको नाममा रहेको पिआरके ट्रेड इन्टरने’सनल कम्पनीको स्थायी लेखा नम्बर ६०५४२८२७२ बाट कर छली गरेको उल्लेख भए पनि रकम खुलाइएको थिएन ।
१५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको थियो। दिनभरि माछा मा’र्नमै व्यस्त रहने निरक्षर लछुमनले राजस्व छलेको पत्र आएपछि गाउँ नै अचम्ममा प¥यो ।
निरक्षर उनको पत्र’समेत अरूले पढिदिए। उनले कर छलेको भनेर पाटन उच्च अदालतमा मुद्दा परेको थाहा पाएपछि पूरै गाउँ आश्चर्यचकित प¥यो । छिमेकी र स्थानीय जनप्रतिनिधिले पत्रबारे आन्तरिक राजस्व विभागमा बुझेपछि गाउँले थप ‘चकित बने ।
किनकि लछुमनको कम्पनीले पाँच करोड ५६ लाख कर छली गरेको विभागबाट बताइएको थियो । ‘दिनको दुई सय कमाउन धौ–धौ भएका हामीले सरकारको त्यत्रो पैसा हिना मिना गरेको सुनेपछि त हामी छाँगाबाट खसेझैँ भयौँ ।
लछुमनकी पत्नी मिठुले भनिन् । भूक’म्पपी’६°डितको रूपमा राहतका नाममा उनीजस्तै अरू सातजनाले पनि गिरोहलाई नागरिकता दिएका थिए । हुन पनि लछुमनले उनको भनिएको कम्पनीको नामसमेत पहिलोपटक सुनेका थिए । यो खबर नयाँ पत्रिका दैनिकमा दोलखाबाट श्याम खतिवडाले लेखेका छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।