२०७९ जेष्ठ १० मंगलवार

यस्ता छन् कुरिलो खानुको अचम्मैको ७ फाइदाहरू ।

काठमाडौँ- कुरिलो पोषिलो तरकारी मात्रै हैन औषधीय गुणसहितको खानपान पनि हो । यो मानव जीवनका लागि अत्यन्तै फाइदाजनक मानिएको छ ।

१. यसको सुकेको वा ताजै जरालाई पिँधेर धुलो भए दुई चार चम्चामा ज्वालो मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दुध नआएमा दुध आउँछ ।

२. यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको रसलाई दिनको दुईपटक दुधसँग सेवन गर्नाले नाक मुखबाट रगत बग्ने ठिक गर्छ ।
३. यसले वातरोगलाई निर्मूल पार्छ ।

४. यसले मस्तिष्कको दुर्बलतालाई हटाउँछ ।
५. यसले पुरुषहरुको विर्य कम आउने र पातलो आउनेलाई पनि मात्रा बढाउँछ ।
६. राम्रोसँग पिसाब नआउने समस्या हल गर्छ ।
७. यसले आउँ, झाडापखाला, पेटको दुखाई, मधुमेह जस्ता रोगहरुलाई नियन्त्रण गर्दछ ।

काउली खानुको फाइदा !

खानाले क्या’न्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्क्रिय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्या’न्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्या’न्सर रो’ग लगाउने

कोषहरू बढ्नबाट रोक्छ । जति धेरै काउली आफ्नो खानामा भयो उति नै राम्रो । एक अध्ययनले त हप्तामा धेरै काउलीको खाने महिलाको स्तन क्या’न्सर हुने सम्भावना ७२ प्रतिशतले कम देखाएको छ ।

खाने विधि: अध्ययनहरूले के देखाएका छन् भने, काउलीलाई धेरै पकाएमा यसमा पाइने क्या’न्सर विरुद्ध लड्ने तत्वहरू नाश हुने सम्भावना रहन्छ । विज्ञहरू यसलाई काँचै खान सल्लाह दिन्छन् । विज्ञहरुको सुझाव छ, ‘काउलीलाई एउटा नुनपानी भएको भाँडामा करिब चार घन्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने ।

यसलाई लेदो बनाएर पनि अन्य विभिन्न परिकारको मिश्रण गरेर खान सकिन्छ । साथै सलादका रूपमा यसको प्रयोग धेरै नै उत्तम हुन्छ । काउलीलाई काटेर नुनको पर्याप्त मात्रा मिलाई मजाले थिचेर बोतलमा राख्दा यसबाट निस्केको रसले विस्तारै अमिलोपना विकास गर्छ। चारदेखि सात दिनभित्र यसरी राखिएको काउली खानका लागि उपयुक्त हुन्छ ।

यसरी राखिएको काउलीमा क्या’न्सर विरुद्ध लड्ने रसायनहरूको राम्रो विकास हुन्छ र शरीरलाई फाइदा गर्छ ।
काउलीमा हुने पौष्टिक तत्व: १२८ ग्राम काउली खाएमा शरिरले निम्न अनुसारका पौष्टिक तत्वहरु पाउँने गर्छ । क्या’लोरी : २५ ग्राम ।

फाइबर : ३ ग्राम । भिटामीन सी : दैनिक आवश्यक मात्राको ७७ प्रतिशत । भिटामीन के : दैनिक आवश्यक मात्राको २० प्रतिशत । भिटामीन बि ६ : दैनिक आवश्यक मात्राको ११ प्रतिशत । फ्लोएट : दैनिक आवश्यक मात्राको १४ प्रतिशत । पान्टोथेनिक एसिड : दैनिक आवश्यक मात्राको ७ प्रतिशत ।

पोटासियम : दैनिक आवश्यक मात्राको ९ प्रतिशत । म्यान्गानिज : दैनिक आवश्यक मात्राको ८ प्रतिशत । म्याग्नेसियम : दैनिक आवश्यक मात्राको ४ प्रतिशत । फोस्फरस : दैनिक आवश्यक मात्राको ४ प्रतिशत ।

निकै धेरै मात्रामा फाइबर पाइने र कम क्यालोरी हुने भएकाले तौल घटाउँनका लागि काउली उपयुक्त खानेकुरा मानिन्छ । यसमा भएको फाइबरले पे’टमा सकारात्मक ब्या’क्टेरियाहरु बढाउँछ र पेटको जलन पनि कम गराउँछ, जसले पा’चन प्रणाली सुधार्छ ।

अन्य फाइदा: काउलीले ह’ड्डी दह्रो बनाउन पनि मद्दत गर्छ । एलर्जी हुने सम्भावना कम गर्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले मु’टुमा लाग्ने रो’गहरूबाट बच्न पनि त्यत्ति नै मद्दत गर्दछ । काउली भिटामिन ‘के’ र ‘सी’को मुख्य स्रोत हो । एक बटुका काउली मात्र खपत गर्दा शरीरलाई चाहिने ९१ प्रतिशत भिटामिन ‘के’ र ५० प्रतिशत भिटामिन ‘सी’ उपलब्ध हुन्छ ।

२०७७ चैत्र १६, सोमबार ०८:१८ गते 1 Minute 1085 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।