
एजेन्सी : भारतको मुजफ्फ’रनगरमा एक सानोे बालक फूट’पाथमा कु’कुर च्यापेर सुतेको कारु’णिक तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
कठ्यां’ग्रिदो चिसोमा उक्त बालक एउटा ओढ्ने र एउटा ओछ्याउने कुरा लिएर कु’कुरसँग सुतेको देखिन्छ।अं’कित नामक ती बालक ड्यानी नामक कुकु’रको सहारामा बाँचिरहेका छन् ।
तस्वीर भाइरल भएपछि प्र’हरी प्रशासनको मन पनि पग्लेको छ। जम्मा १० वर्षको यस बालकका पिता कारागारमा छन् र आमाले उसलाई छोडेर गएकी छन्। उसले आफ्नो परिवारमा आमा र बुवा बाहेक अरू कसैलाई चिनेको छैन ।
बिहान उठेर चियापसलमा कप र प्लेट माझ्ने चिसो रातमा फू’टपाथमा सुत्ने उसको नियति बनेको छ । कुकुरले अंकितको देखभाल गर्ने गरेको छ।
प्रहरीले बालकलाई न्यानो कपडा र जुत्ता उपलब्ध गराएको छ । अनि बच्चालाई रेखदेख पनि गर्ने बताएको छ। बालकलाई अहिले एक विद्यालयमा भ’र्ना गरिएको छ । प्र’हरीले बालककी आमालाई पनि खोजी गरिरहेको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।