२०७९ जेष्ठ १२ बिहीबार

कञ्चनपुरमा नेपालकै महङगो बस सेवा संचालनमा !

महेन्द्रनगर : कञ्चनपुरमा अत्याधुनिक सेवा सुविधा सहितको बस संचालनमा आएको छ। बुधवार नमस्ते शुल्लाफाँटा यातायात प्रालीले (एसी मार्रकोपोलो मेङ्गा) बसको उद्घाटन गरेको हो।

नेपालमै सबैभन्दा महङगो १ करोड भन्दा बढी मुल्य रहेको उक्त बसको सेवा महेन्द्रनगर देखी काठमाण्डौमा सेवा दिने गरि संचालन गरिएको शुक्फाँटा यातायात प्रा.ली.ले जनाएको छ ।

देशै भरी ८ वटा मात्रै यो मोडेलको बस संचालनमा रहेको र अहिले कञ्चनपुरमा २ वटा र बाँकी २ वटा फेरी संचालनमा आउन लागेको नमस्ते शुक्लाफाँटा यातायात प्रालीका अध्यक्ष सिद्धराज बोहराले बताए।


नेपालमै सबैभन्दा महङगो कञ्चनपुरमा अत्याधुनिक सेवा सुविधा सहितको बस संचालनमा आएको हो ।

यातायात व्यवसायी संघका केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष दिल बहादुर करोलले सदूरपश्चिमबाट यातायातमा नयाँ आयाम थपिएको जिकिर गरे, को’रोना फेरी सक्रिय भएको बेलामा

पछिल्लो समय यातायातका साधनलाई नेपाल सरकारले अहिले पनि निर्वाध रुपमा भारत तर्फ सवारी साधन संंचालन गर्न नदिँदा कतिपय सवारी साधन थन्किएको बताए ।

२०७७ चैत्र १८, बुधबार १५:१५ गते 0 Minutes 1773 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।