२०७९ मंसिर २३ शुक्रबार

काठमाडौँ उपत्यकालाई बैकुण्ठ बनाउने महावीर पुनको सपना !

काठमाडौ : राष्ट्रिय आ’विष्कार केन्द्रका संस्थापक महावीर पुनले केही दिनदेखि प्रदूषि’त देखिएको काठमाडौँ उपत्यकाको वायुमण्डलले निम्त्या’उन सक्ने समस्याको समाधानका लागि

दिर्घकालीन योजना अगाडि सारे। काठमाडौँ उपत्यकामा भएका हरेक घरका छतमा विरुवा रोप्ने ।उनले समाजिक सञ्जालमा हराभरा काठमाडौँ निर्माणको विस्तृ’त योजना सार्वजनिक गरिसकेका छन्।

प्रदू’षित वायूम’ण्डलले जनजीवनमा पारेको प्रारम्भिक प्रभा’व र दिर्घ’कालीन अ’सरहरुलाई उल्लेख गर्दै काठमाडौँ उपत्यकमा भएका घरहरुमध्ये कम्तीमा १० लाख घरले छतमा विरुवा रोप्नुपर्ने उल्लेख गरेका छन्।

के यो सम्भव छ ?

पुन भन्छन्, ‘किन नहुनु ? हामीले २० वर्ष लगाएर म्याग्दी र पर्वतमा १३ लाख विरुवा हुकाई सकेका छौँ। सबैको मन मिल्यो भने सम्भव छ नि!’

उनले राम्रो कामको लागि पनि पैसा उठाउन नेपालीहरुले गाह्रो मान्ने गरेको बताए। मान्छेले यो अभियानमा भाग नलिनसक्ने ठूलो चु’नौती रहेको उनले देशसञ्चारसँग बताए। उनले आफूले अहिले कमन सेन्सको कुरा मात्रै राखेको तर काम सुरु गरिहाल्ने अवस्था नरहेको बताए।

‘यो कामको लागि नगरपालिका र स्थानीय निकायले सहयोग गर्नुपर्छ। नत्र सम्भव छैन,’ उनले भने, ‘अब हेरौँ कसैले कस्तो खालको आइडिया ल्याउछन्, अनि काम गर्ने कि नगर्ने हेर्नुपर्छ।’

पुनले यसको लागि लाग्ने खर्च आफैँ जुटाउन सक्ने भन्दै प्रत्येक घरले कम्तीमा २ हजार रुपैयाँ दिएर कोष स्थापना गर्नुपर्ने बताएका छन्। उनले विदेशी दातृ निकायको आश नगरी कम्तीमा पाँच वर्षमा यो योजनालाई सम्पन्न गर्न सकिने दृढ विश्वास व्यक्त गरेका छन्।

यसका लागि स्थानीय तह र घरधनीले सम’न्वयकारी भूमिका खेलेमा राष्ट्रिय आ’विष्कार केन्द्र काम गर्न तत्पर रहेको उनले बताए।ठूला विरुवाले एक वर्षमा औसत २३ किलोग्राम कार्वन डाइ’अक्सा’इड सोस्ने उनले उल्लेख गरेका छन्।

यही हिसाबले १० लाख विरुवाले प्रतिवर्ष ५ किलोग्रामका दरले १ वर्षमा ५० लाख किलोग्राम का’र्वनडाइअक्सा’इड सोस्छ। यसले काठमाण्डौँको वायु’मण्डल सफा भएर सास फेर्न सजिलो हुने र स्वा’सप्रश्वा’सको बि’रामीहरुको संख्या पनि निकै कम हुने उनले उल्लेख गरे। -सिधा बाटो

२०७७ चैत्र १८, बुधबार १५:२४ गते 1 Minute 1288 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।