२०७८ मंसिर १८ शनिबार

फाइनल जितेपछि किन भने फुटबलरले ‘केपी बा उइ लभ यु’ भने पछि…

काठमाण्डौ : काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ करिब ७ः ३० बजे नेपालले बंगलादेशलाई हराउँदै थ्री नेशन्स् कपको उपाधि जित्यो ।

यो जितले नेपाललाई आफ्नो मातृभूमिमा ३७ वर्षपछि पहिलोपटक कुनै अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि दिलायो । यसअघि नेपालले १९८४ मा नेपालमा भएको साग प्रतियोगितामा फुटबलको उपाधि उचालेको थियो ।

करिब ४ दशकपछि घरेलु मैदानमा जितेको यस उपाधिले नेपाली राष्ट्रिय खेलाडीहरुको उत्साह मैदानमा छर्लङ्गै देखिएको थियो । खेलाडीहरुलाई थप हौसला प्रदान गर्नका निम्ति प्रधानमन्त्री केपी शर्मा ओली समेत मैदानमा नै पुगेका थिए ।

उनले खेल शुरु हुनअघि मैदानमै गएर नेपाली र बंगलादेशी खेलाडीहरुलाई शुभेच्छा ब्यक्त गरेका थिए । यति मात्र होइन फाइनल जितेका नेपाली खेलाडीहरुलाई पुरस्कार वितरणसँगै च्याम्पियन फोटो सेसनमा समेत प्रधानमन्त्री ओली खेलाडीहरुसँग सरिक भएका थिए ।

यसै फोटो सेसनको दौरान उपाधि जितेर हौसिएका खेलाडीहरुले ओलीसँगै रहँदा केपी बा उइ लभ्यु भन्ने नारा लगाएका थिए । यो नाराले स्टेडियममा बसेका दर्शक लगायत अखिल नेपाल फुटबल संघका पदाधिकारीहरु समेत एकैक्षण चकित परेको देखिन्थ्यो ।

अहिलेको राजनितिक कोर्स आफैमा अन्यौलताग्रस्त बनेको समयमा नेपाली राष्ट्रिय फुटबल खेलाडीहरुले प्रधानमन्त्री ओली प्रति दर्शाएको यो सामूहिक सद्भावले के सन्देश दिन्छ भन्दै दर्शकहरुको गाइगुाइ स्टेडियममै शुरु हुन थालेको थियो ।

यसको उत्तर खोज्दै जादाँ राष्ट्रिय टोलिका ब्यवस्थापक मधुसुदन उपाध्यायले मेरोखेल डटकमसँग उपाधि जितेपछि खेलाडीहरुले थप पुरस्कारको आशमा प्रधानम्नत्री ओली सामु सांकेतिक रुपमा आफ्नो माँग राखेका हुन् ।

उनले भने,‘सायद खेलाडीहरुले यो उपलब्धिलाई थप हौसला प्रदान गर्न प्रधानमन्त्री सामु सांकेतिक रुपमा नगद पुरस्कारको आश ब्यक्त गर्न केपी बा उइ लभ्यु भन्ने नारा लगाएका हुन् ।’

उपाध्यायले कम्तिमा नेपाली खेलाडीहरु कुनै पनि राजनितकि आस्थासँग सम्बन्ध राख्दैनन भन्नेमा विश्वस्त रहन आग्रह समेत गरेका छन् ।

‘३७ वर्षपछि आफ्नै मैदानमा नेपालको शिर उचो बनाउँदै फुटबलमा उपाधि जित्नु सबै नेपालीको लागि गर्वको विषय भएको र खेलाडीलाई थप हौसला बढाउन सरकारले प्रोत्साहित गर्नु कर्तब्य पनि हो’,उपाध्यायले भने ।

‘आजको नारा नियोजित र राजनितकि अभिप्रेरणारहित नै हो’,उपाध्यायले थपे,‘नेपाली खेलाडीहरु राजनितिभन्दा कोसौ टाढा छन् र आजको नारा प्रधानमन्त्रीलाई फुर्काउन र थप पुरस्कारको निम्ति आग्रह नै गरेका हुन् ।’

अखिल नेपाल फुटबल संघले नेपालमा हुने भनिएका विश्वकप छनौट चरणका खेल र एएफसी कपको छनौट चरणका खेलहरु कोभिडका कारण स्थगित भएपछि चैत्र १० गतेबाट नेपाल,बंगलादेश र किर्गिस्तानको अण्डर २३ टोलि

सम्मिलित थ्री नेशन्स् कपको आयोजना गरेको हो ।
यसै प्रतियोगिताबाट नेपालका महत्वपूर्ण खेलाडी तथा कप्तान समेत रहेका विराज महर्जनले समेत अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।-मेरो खेल बाट

२०७७ चैत्र १८, बुधबार १५:३६ गते 1 Minute 965 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार