२०७८ कार्तिक ९ मंगलवार

प्रचण्डलाई सई र विप्लवलाई इन्स्पेक्टरसहित १० प्रहरीको कमाण्डमा सुरक्षा दिइदै !

काठमाडौँ : गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि प्रहरी निरीक्षक(इन्स्पे’क्टर) को कमाण्डमा १० जना प्र’हरी टोली परिचालन गरिएको छ।

सरकारसँगको तीनबुँदे सहमतिसँगै शा’न्तिपूर्ण राजनीतिमा आएका विप्लवको सुरक्षाका निम्ति भन्दै प्रहरी टोली परिचालन गरिएको काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले जान’कारी दिएका छन् ।

विप्लवको सुरक्षा चुनौ’ती मध्यनजर गर्दै उनलाई नजिकैबाट सुरक्षा दिन थालिएको सिंहले बताए । ‘उनी हिँड्दा अ’गुवा गाडीमा पाँच जनाको प्रहरी टोली सँगैसँगै हिँड्छ। उनी बस्ने निवासमा थप पाँच जना प्र’हरीको टोली खटा’इएको छ’, सिंहले भने।

तर, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा कमाण्डमा भने मन्त्रालयले सईलाई खटाइएको छ । अध्यक्ष प्रचण्डको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रह’रीबाट सईको कमाण्डमा सुरक्षाक’र्मी खटाइएको छ ।

यसअघि अध्यक्ष प्रचण्डलाई डीएसपीको कमा’ण्डमा सुरक्षा दिँदै आएको थियो। सरकारले सुरक्षाकर्मीमा क’टौती गरेपछि दाहालले पूर्वजनमुक्ति सेनाबाट सुरक्षा लिइरहेका छन्।

गृह मन्त्रालयले तयार पारेको विशि’ष्ट व्यक्तिहरूको सुरक्षा निर्देशिका २०७७ अनुसार प्रधानमन्त्रीको सुरक्षा व्यवस्था मिलाइएको हुन्छ। विप्लव राज्यको वि’ शिष्ट व्यक्तिमा पर्दैनन्।

२०७७ फाल्गुन २८, शुक्रबार ०५:४३ गते 1 Minute 557 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार