२०७८ कार्तिक ९ मंगलवार

कुलमान घिसिङ भन्नुहुन्छ : पोलमा रहेका तारलाई व्यवस्थित गर्न पोल भाडा बढाइयो ।

काटमाठौं : नेपाल बिधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पोलमा रहेका तारलाई व्यवस्थित गर्नका लागि पोल भाडा बढाइएको बताएका छन् ।

मंगलबार तराई बिकास तथा सञ्चार केन्द्र नेपालले काठमाडौंमा आयोजना गरेको नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चूनौती बिषयक छलफलमा घिसिङले विद्युतका पोलले धान्नै नसक्ने गरी इन्टरनेटका तारहरु राखिएकाले त्यसलाई

व्यवस्थित गर्न पोल प्रयोगको भाडा बढाइएको बताएका हुन् ।
उनले इन्टरनेट सेवा प्रदायकमार्फत् यसअघि प्राधिकरणले २५ करोड उठाउँदै आएकोमा अब बढेर ५० करोड र उक्त रकम प्राधिकरणका लागि ठूलो रकम नभएको बताए । अहिले पोलमा रहेका ९५ प्रतिशत तारहरु काम नलाग्ने अवस्थामा

रहेको र त्यसलाई निकाल्न इन्टरनेट सेवा प्रदायकले कुनै चासो नदेखाएको उनले बताए । कार्यक्रममा इन्टरनेट सेवा प्रदायकका अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले ग्राहकका आधारमा नाफा कमाउन पोल प्रयोगको भाडा बढाएको आरोप लगाए ।

उनले यसअघि पोलको भाडा २०५ रुपैया लिइने गरेकोमा अहिले प्रति पोल र प्रतिकिलोमिटरका आधारमा ७५० रुपैया तिर्नुपर्ने अवस्था आएको गुनासो गरे । प्राधिकरणले पोल भाडा बढाएसँगै शहरी क्षेत्रमा इन्टरनेट सेवाको मासिक १५० र

ग्रामिण क्षेत्रमा ३०० रुपैया बढाउन आफूहरुले प्रस्ताव गरेको उनको भनाइ छ । यसअघि प्राधिकरणले विद्युत् पोल र ओपीजीडब्ल्यू केबलको भाडादर बढाउने निर्णय गरेको थियो ।
त्यस्तै कार्यक्रमका सहभागीहरुले नेपालमा सूचना प्रविधि प्रयोग बढ्दै जाँदा गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताए ।

२०७८ आश्विन १२, मंगलवार २०:०९ गते 0 Minutes 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार