२०७८ कार्तिक १ सोमबार

यी हुन माओवादी ब्युँतिदापनि ओलीतिरै लाग्ने ४ नेता,सांसद पदको मायाँ छैन भन्दै गरे यस्तो घोषण !

काठमान्डौ : नेकपा वि’भाजनका बेला केपी शर्मा ओली समूहतिरै घोषित रुपमै प्रवेश गरी मन्त्री भएका पूर्व माओवादी नेताहरु ‘एमाले’तिरै रहने भएका छन् । मन्त्रिपरिषद्‌मा पूर्व माओवादीका सात नेताहरु मन्त्री छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र बिऊँझाएपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा उनीहरुले दल त्याग ऐनअनुरुप ‘संसद्‌ सदस्यता’ गुम्‍ने स्थिति आए पनि आफूहरु ‘यतै’ रहने वचन दिएका हुन् ।

‘बरु हाम्रो संसद सदस्यता जाओस्, त्यसमा केही फिक्री छैन’ ओली निकट एक नेताले उनीहरुको भनाइ उद्धृत् गर्दै भने, ‘हामी एमालेतिरै हुन्छौँ प्रधानमन्त्री ज्यू ।’ती नेताका अनुसार, ‘जुन बिन्दुमा आवश्यक पर्छ, त्यो बिन्दूमा गएर हामी सांसद पद छाड्छौँ, तर प्रधानमन्त्री ओलीलाई छाड्दैनौँ भन्‍ने अडान व्यक्त गरिसकेका छन् ।

माओवादी केन्द्रका प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी चार जना सदस्यहरु मन्त्रिपरिषद्‌मा सामेल छन् । ओली मन्त्रिपरिषद्‌मा सामेल तीन जना संसद्‌ सदस्य छैनन् ।उनीहरुको हकमा माओवादी केन्द्रले दल त्याग लगाउन सक्ने स्थिति रहेन ।

माओवादी केन्द्रका शक्तिशाली नेता रामबहादुर थापा गृहमन्त्री छन् । उनी राष्ट्रिय सभा सदस्य हुन् । प्रतिनिधि सभामा अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी ऊ’र्जा ज’लस्रोत तथा सिँचाइ मन्त्री छन् । कैलाली(४ बाट निर्वाचित लेखराज भट्ट उद्योग, वाणिज्य तथा आ’पूर्ति मन्त्री छन् । रौतहट(३ बाट निर्वाचित प्रभु शाह सहरी विकास मन्त्रीमा छन् ।

एमाले र र माओवादी बारे यस्तो भन्छन प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अरुले नै दर्ता गराइसकेकाले कानुन अनुसार अब खारेज नहुनेसमेत उनले बताएका छन् । साविक एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा बनेको र त्यसपछि पूराना नाम अरुले नै दर्ता गरिसकेकाले अब खारेज गर्न नमिल्ने बताएका छन्।

उनले अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दलका लागि निवेदन दिनुपर्ने बताए। यद्यपि, दलको नामका विषयमा सबै ओली–प्रचण्ड र एमाले दर्ता गराएकी सन्ध्या तिवारी तथा माओवादी केन्द्र दर्ता गराएका गोपाल किरातीसँग छलफल गर्न सकिने बताए ।

‘हामीले यो बिचमा नेकपा एमाले र माओवादी केन्द्रको नाम अरुलाई दिएर दल दर्ता नै गरिसकेका छौं। यसरी दर्ता भएका दललाई चुनाव चिन्हसमेत दिइसकेका छौं। संविधान र कानुनले दर्ता भइसकेको दललाई खारेज गर्न मिल्दैन,’ उनले भने।

आइतबार सर्वोच्च अदालतले ऋषिराम कट्टेलको रि’टमा फैसला सुनाउँदै नेकपा उनकै नामको हुने बताएको छ। न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्यु’निस्ट पार्टी नेकपाले वैधानिकता नपाउने फैसला सुनाएको थियो।

नेकपाको नाम विवादबारे फैसला सुनाउँदै स’र्वोच्चले यसअघि निर्वाचन आयोगमा दर्ता भइसकेको एमाले र नेकपा माओवादी केन्द्र बीचको एकी’करणबाट गठन भएको नेकपाको अस्ति’त्व नरहने निर्णय सुनाएको हो ।

आइतबार भएको फै’सलामा ती दुवै पार्टी अलगअलग राजनीतिक दलकै रुपमा रहने उल्लेख छ। यस्तो अवस्थामा अब दल खोज्दै आउनेलाई नयाँ नाम र चिन्ह लिन सु’झाव दिइने समेत प्रमुख आयुक्त थपलियाले बताएका छन् ।

‘कि त उहाँहरु ओली(प्रचण्ड ले नयाँ नाम लिएर दल दर्ता गर्नुप¥र्‍यो। कि त ऋषिराम कट्टेलले नेकपा नाम लिएर कुनै एक्टि’भिटी गर्नुभएको छैन त्यसैले तपाईसँग मिल्छौं भन्न सक्नुप¥र्‍यो। यसरी मिले उहाँहरुले नेकपा नाम पाउनु हुन्छ’, थपलियाले भने।

नेकपा एकी’रण भएपछि खाली रहेको नेकपा एमाले झापाकी पूर्वएमाले कार्यकर्ता सध्या तिवारीले दर्ता गराएकी थिइन्। निर्वाचन आयोगले भदौ ३ गते नेपाल कम्युनिष्ट पार्टी एकी’कृत मा’र्क्सवादी लेलि’नवादी दर्ता गरेको थियो ।

त्यस्तै, माओवादी केन्द्र पार्टीको रुपमा पूर्वमाओवादी गोपाल किरातीले दल दर्ता गराएका छन्। किराँती तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग अ’सन्तुष्ट भएर अलग भएका थिए।

यता, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलको नाम अरु नै दर्ता गरेको छ भन्नु नै गलत भएको प्रतिक्रिया दिएका छन्। ‘नेकपाबाट एमाले र माओवादी केन्द्र कसैले द’र्ता गरेको छैन। अरुले गरेको भए त्यो अलग्गै विषय हो। आजको फैसलासँग त्यो विषय जोडिदैन,’ उनले भने।

नेकपा अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेकपा नाम विवादबारे सर्वोच्च अदा’लतले सुनाएको फैसलाको सम्मान गर्ने बताएका छन्। उनले अदा’लतको फैसला कार्यान्व’यन गर्ने प्रतिव|द्धतासमेत जनाएका छन्।

प्रतिनिधि सभाको आइतबारदेखि सुरु भएको हिउँदे अधि’वेशनका लागि संघीय संसद भवन नयाँ बानेश्वर पुगेका प्रधानमन्त्री ओलीले पत्रकारहरुलाई संक्षिप्त प्रति’क्रिया दिँदै भने, ‘हामी अदालतको फैसलाको सम्मान गर्छौं। अब यसलाई का’र्यान्वयन गर

२०७७ फाल्गुन २९, शनिबार ०५:३४ गते 1 Minute 377 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार