२०७८ आश्विन २ शनिबार

पारसल खड्काले बनाए शानदार शतक, गरे चौकाको वर्षा !

काठमाडौं : काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत त्रिभुवन आर्मी क्लबविरु’द्ध बागमती प्रदेश टिमका ब्याट्सम्यान पारस खड्काले शतक पूरा गरेका छन् ।

उनले १२२ बलमा नौ चौका र दुई छक्का हि’र्काउँदै शतक पूरा गरेका हुन् ।
तस्बिर : क्यान

जारी प्रतियोगितामा पारसको यो पहिलो शतक हो । उनी यसअघि खेलेका तीन खेलमा सस्तैमा आउट भएका थिए । आज भने पारस लयमा देखिएका छन् ।

तस्बिर : क्यान

टस हारेर ब्याटिङको मौका पाएको बागमतीले यो समाचार तयार पार्दासम्म ४० ओभरमा पाँच विकेट गुमाएर १ सय ८५ रन बनाएको छ ।

बागमतीले यसअघि इशान पाण्डेलाई २६, कप्तान ज्ञानेन्द्र मल्ललाई ६, पृथु बाँस्कोटालाई १२, आदिल खानलाई २१ र आकाश थापालाई शून्य रनमै गुमाइसकेको छ । जारी प्रतियोगितामा बागमतीले तीन म्याच खेल्दा दुईमा हार र एक खेलमा जित हासिल गरेको छ ।

तस्बिर : क्यान

फाइनलमा पुग्न बागमतीले आजको खेल राम्रो नेट रनरेटमा जित्नुपर्ने हुन्छ । यतिले मात्र बागमतीलाई पुग्ने छैन । मूलपानीमा जारी पुलिस क्लबविरुद्ध मेयर्स-११ ले जित हासिल गर्नु पर्नेछ ।

२०७७ फाल्गुन २९, शनिबार ०५:४४ गते 1 Minute 304 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार