आइतबार , जेठ ३०, २०७८

ओलीको कब्जामा एमाले, गयो माधव नेपाल सहितका यी नेताको पद !

फागुण २९, २०७७ शनिबार 256

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चा’र्ज तोकेका छन् । असार २०७१ मा भएको

एमालेको नवौं महा’धिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण वि’ष्ट चुनिएका थिए ।

३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव बने । नेकपामा बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो । ५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघ’टन भएसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा वि’भाजित भयो ।

यसको आधिकारिकता वि’वाद नटुंगिँदै २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला सुनायो । त्यसको पाँच दिनपछि एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका छन् ।

साथै पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली तोकिएका छन् भने बाग्मती प्रदेशको इन्चा’र्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल नियुक्त गरेका ओली समूहका एक नेताले जान’कारी दिए ।

बादल समूहका नेताहरुलाई एमालेको केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि भएको छ । साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा ओलीतिर लागेका बादलसहितका नेताहरु माओवादी केन्द्र फर्किएका थिएनन् ।

आगामी बैठकमा माधव नेपाललाई बोलाउन ओलीको निर्देशन

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आगामी बैठकमा माधवकुमार नेपाललाई बोलाउन निर्देशन दिएका छन् ।

केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधव नेपाल पक्ष सहभागी नभएपछि ओलीले महासचिव ईश्वर पोखरेललाई केन्द्रीय कमिटीको आगामी बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाललगायतलाई पनि बोलाउन निर्देशन दिएको एक नेताले जानकारी दिए ।

केन्द्रीय कमिटीमा ओलीले महासचिव ईश्वर पोखरेललाई दिएको निर्देशनबारे ती केन्द्रीय सदस्यले भने, आगामी केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपाललाई पनि बोलाउनू भनेर अध्यक्षले महासचिवलाई निर्देशन दिनुभएको छ ।

एमालेको दशौं महाधिवेशन तोक्नेदेखि लिएर पदाधिकारी खारेज तथा केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाउनेसम्मको निर्णय गर्दा माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन ।

प्रतिकृया दिनुहोस्