२०७८ कार्तिक ९ मंगलवार

वैदेशिक रोजगारमा जानेलाई पनि पेन्सन !

काठमाडौँ : वैदेशिक रोजगारमा जानेले पनि चाहेमा स्वदेशमा पेन्सन पाउन सक्ने भएका छन् । विदेशमा गरेको कमाइको केही अंश बचत गरेर उनीहरूले स्वदेश फिर्ता भएपछि

पेन्सनका रूपमा उक्त रकम पाउन सक्ने योजना नागरिक लगानी कोषले ल्याएको छ । यस विषयमा नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच समझदारी भएको छ ।

समझदारीअनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले सहज रूपमा नागरिक पेन्सन योजनामा सहभागी हुन रकम जम्मा गर्नसक्ने नागरिक कोषले जनाएको छ ।

विदेशमा रहेका नेपालीलाई नागरिक पेन्सन योजनामा आबद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को प्राविधिक सहयोगमा कोष र रेमिट्यान्स कम्पनीको सफ्टवेयरलाई आबद्धता गर्ने सफ्टवेयर निर्माण गरेको कोषले जानकारी दिएको छ ।

समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हस्ताक्षर गर्नुभएको छ । -साझा सबाल

२०७८ आश्विन १९, मंगलवार २२:३९ गते 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार