२०७८ कार्तिक ९ मंगलवार

४६ जना यात्रु सवार बुद्ध एअरको जहाज सुर्खेतको आकाशमा ३ फन्को लगाएर नेपालगञ्ज फर्कियो !

काठमाडौ : काठमाडाैंदेखि सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्जमा अवतरण गरेको छ । जहाज मौसम ख’राबीका कारण सुर्खेत विमानस्थलमा अवतरण हुन

नसकेपछि नेपालगञ्जमा अवतरण गर्नुपरेको सुर्खेत विमानस्थल स्रोतले जनाएको छ ।.सुर्खेत आइपुगेको जहाज बादलको कारणले अवतरण हुन सकेन’, विमानस्थल कार्यालय स्रोतले भन्यो, ‘केहीबेरका लागि नेपालगञ्ज अवतरण भएको छ ।

बादल कम भएपछि पुनः सुर्खेत अवतरण हुन्छ ।’बुधबार बिहान ८ बजेर १ मिनेटमा त्रिभुवन विमानस्थलबाट सुर्खेका लागि यु ४-१३३ फ्लाइट नम्बरको जहाज उडेको थियो।
सवा ९ मा सुर्खेत पुगेको जहाज मौसम सामान्य नहुँदा अवतरण नभएको हो।

भेरी नदीमाथि कु’हिरो लागेपछि जहाज अवतरण गराउन नसकिएको बुद्ध एअर सुर्खेतका प्रमुख नरबहादुर बस्नेतले जानकारी दिए। जहाजले सुर्खेतको आकाशमा ३ फन्को लगाएको थियो।

‘सुर्खेत उपत्यका छेउको मौसम राम्रो नभएपछि जहाज अवतरण हुन नसकेको हो, अवतरण गराउने प्रयास गरे पनि हुन सकेन,’ बस्नेतले भने, ‘नेपालगञ्जमा जहाज अवतरण भइसकेको छ, केही समयपछि सुर्खेत आउँछ। जहाजमा ४६ जना यात्रु सवार छन्। ४ जना चालक दलका सदस्य रहेको उनले बताए।

२०७८ आश्विन २०, बुधबार १५:१९ गते 1 Minute 140 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार