२०७८ कार्तिक ९ मंगलवार

कोच अल्मुताइरीले गरेको गोल सेलिब्रेसन सामाजिक सञ्जालमा भाइरल ।

काठमाडौं : नेपालले माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फूटबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै उत्कृष्ट शुरुवात गरेको छ । सोमबार राति भएको खेलमा नेपालले

सुमन लामा, अन्जन विष्ट र आयुष घलानको गोलको मद्दतमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै पहिलोपटक प्रतियोगिताको फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।
मालेस्थित राष्ट्रिय फूटबल रंगशालामा भएको खेलमा नेपालले गरेको सबै गोल उत्कृष्ट नै थियो ।

गोलसँगै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गरेको गोल सेलिब्रेसन त झनै सुन्दर, देख्दा नै आनन्द लाग्ने । नेपालको लागि ३१ औं मिनेटमा सुमन लामाले गोल गर्दै टोलीलाई खेलमा अगाडि बढाएका थिए । सुमनको उक्त गोलपछि अल्मुताइरी खुशी मनाउँदै टस लाइनमा हात फिजाउँदै भागे ।

जुन सलिब्रेसनले नेपाली फूटबल समर्थकको मन जित्यो र उक्त सेलिब्रेसन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस्तै आयुषले नेपालको लागि तेस्रो गोल गरेपछिपनि अल्मुताइरी मैदानमा घुँडा टेकेर गोलकिपर प्रशिक्षक विकास मल्लसँग अंकमाल गरे । जुन दृश्य हेरिराख्न मन लाग्ने थियो ।

अल्मुताइरीले नेपालको मुख्य प्रशिक्षकको पद समालेपछि एक अन्तर्वार्तामा भनेका थिए, “नेपालीहरु फूटबलको लागि पागल छन् होला तर म उनिहरु भन्दा बढी छु ।” उनको यस भनाई श्रीलंका विरुद्धको खेलमा गरेको सेलिब्रेसनबाटपनि प्रस्ट देख्न र महसुस गर्न सकिन्छ ।

गत चैत २२ गते अल्मुताइरीलाई नेपालको मुख्य प्रशिक्षकको रुपमा अखिल नेपाल फूटबल संघ(एन्फा)ले नियुक्त गरेको थियो । उनको आगमनपछि नेपालको खेलमा धेरै परिवर्तन आएको छ । एक वर्ष अगाडिसम्म नेपालको अन्तराष्ट्रिय खेलमा गोलको खडेरी लाग्ने गर्थ्यो ।

तर पछिल्लो समय अल्मुताइरीको आगमनसँगै नेपालको उक्त समस्यापनि हल भएको देखिन्छ । अल्मुताइरीको नेतृत्वमा खेलेको ८ खेल मध्य ६ खेलमा गोल गरेको नेपाल, अष्ट्रेलिया र जोर्डानसँगको खेलमा मात्र गोल गर्नबाट चुकेको छ ।

साफ च्याम्पियनसिपको शुरुवाती दुई खेलमा जित निकालेको नेपालले तेस्रो खेल असोज २४ गते भारतसँग खेल्दैछ । हाल नेपाल २ खेलबाट ६ अङ्क जोड्दै अङ्कतालिकाको शिर्ष स्थानमा छ । नेपाल पहिलो पटक फाइनल खेल्दै उपाधि उचाल्ने लक्ष्यमा रहेको छ ।-नेपाल समाज बाट

२०७८ आश्विन २०, बुधबार २२:४४ गते 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार