२०७८ आश्विन १३ बुधबार

नेपाली खाना विश्वभर चिनाएकोमा सन्तोष साहलाई बेलायती राजदूतले पनि दिईन बधाई !‌

काठमाडौं : नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सेफ सन्तोष साहसँग भेटवार्ता गरेकी छन् । राजदूत पोलिटले सन्तोषलाई बेलायत लगायत विश्वभर नेपाली खाना चिनाउन लागि परेको भन्दै बधाई दिएकी हुन् ।

उनले सामाजिक सञ्जाल ट्वी’टरमा लेखेकी छन्, ‘सेफ सन्तोष साहसँग आज निकै रमाइलो कुराकानी भयो, नेपाली खानालाई बेलायत र विश्वभर प्र’सिद्ध पार्ने उनको योजनाहरू सुनेर धेरै खुशी छु, बेलायती दूतावासको तर्फ बाट वहालाई शुभकामना छ।’

साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता हुन्‌। उनले विश्व मञ्चमा नेपाल र नेपाली खाना चिनाउन सफल भएका थिए। सिराहाको क’र्जन्हामा जन्मेका साह गत २० वर्षदेखि सेफका रुपमा कार्यरत छन्। उनी १० वर्षदेखि बेलायतमै काम गरिरहेका छन्। सन्तोष आफ्नो संघर्षलाई उनी शक्ति मान्छन्।

म कुन पृष्ठ’भूमिबाट आएको हुँ, त्यो मलाई थाहा हुनुपर्छ। किनकि अहिलेसम्म पनि त्यो अवस्था छ। जो यो अवस्थामा छन्, उनीहरुलाई ‘ दिनुपर्छ,’ उनी भन्छन्, ‘मलाई सबै स्मरण छ। भारतमा मैले क्याटरिङ म्यानेजमेन्ट, अंग्रेजी अनि कम्प्युटर सिकेँ, सिक्ने क्रम अझै जारी छ ।

प्रतियोगिता समय अवधिभर उनले नेपालका झण्डै ५० थरीका परिकारलाई पेश गरे जुन परिकारले नेपालको जातिय विविधतालाई पनि प्रस्तुत गर्दथ्यो। ‘कतिपय परिकारको बारेमा त मलाई थाहासम्म थिएन,’ उनले भने, ‘मैले पहिला पनि धेरै पाक प्रतियोगितामा सहभागिता जनाएको थिएँ।

मास्टरसेफमा जान ५ वर्षदेखि मेरो तयारी थियो तर हरेक वर्ष कार्यक्रमको तह बढ्दै गएपछि मैले नयाँ केही गरौँ भनेर नेपाली खाना प्रस्तुत गरेँ।’ जिम्बु, भैसीको मा’सु, योमरी लगायत धेरै खानेकुरा उनको लागि नयाँ थियो। नेपाली परिकारको बारेमा उनले जान कारी पाउनेबित्तिकै घरमा अभ्यास गर्थे। साथीहरुसँग सल्लाह गर्थे।

भारतीय खानाका विज्ञ उनलाई लाग्छ, ‘भारतीय खानालाई प्रस्तुत गरेको भए यति अगाडि पुग्ने थिइनँ।’ प्रतियोगितामा सहभागी भएदेखि नै उनले आफ्नो रा’ष्ट्रियताको सम्मान गरे। नेपाली खानालाई पस्किएका उनले फाइनलमा ढाका टोपी लगाउनलाई अ’ड्डी कसे ।

उनलाई नेपाली पहिरन र टोपीको सम्मानलाई पनि उँचो बनाउनु थियो। फाइनलमा पुगेपछि ‘आफ्नो मात्र हैन, देशको सवाल छ’ भन्ने अनुभूत गरे । त्यसैले सन्तोषले टोपी लगाउन नदिए कार्यक्रमभन्दा बाहिर बस्ने अडान लिए।

‘मास्टरसेफको कार्यक्रममा कुनै ब्राण्डलाई प्रमोट गर्न नपाइने नियम छ । सुरुमा उनीहरुलाई लाग्यो होला टोपी केही ब्राण्डको प्रोमोसन हो तर जब उनीहरुले बुझे तब अनुमति पाएँ,’ साह सम्झन्छन्, ‘हामी नेपाली हो नि त !

झण्डाको कुरामा, मातृत्वको कुरामा भावना जहिले पनि अगाडि आउँछ। अहिले जे पाएँ, त्यसमा खोट लगाउने ठाउँ रहेन। यो गर्न पाइएन, त्यो गर्न पाइएन भनेर भन्नु परेन नि!’पाउरोटी बेचेर ५० रुपैयाँ कमाउँदा उनलाई जुन सन्तुष्टि मिल्थ्यो,

सेफको व्यवस्थापकीय प्रमुख हुँदा पनि त्यही सन्तुष्टि भयो।
उनमा अगाडि बढ्ने मोह र काम प्रतिको उत्सुकता कायमै रहँदा आफ्नो क्षेत्रमा नयाँ नयाँ के हुन सक्छ त्यो प्रयोग गरि रहे। मास्ट’रसेफको फाइनलमा पुगेर उनको प्रसिद्धि चुलिएको छ।

२०७७ चैत्र १, आईतवार ००:०४ गते 1 Minute 549 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार