२०७८ आश्विन १ शुक्रबार

फुटको संघारमा पुग्यो एमाले, गोतम, नेपाल र खनालको बनयो यस्तो समिकरण !

काठमाडौ : आज ओलीले अध्यक्षका हैसि’यतले विधानको बाधा अड्का’उ फु’काएर अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खा’रेज गरेका छन् । उनले स्थायी कमिटी पनि खा’रेज गरी महाधिवेशन आयोजक कमिटि गठन गरेका छन् ।

प्रदेश इञ्चार्जहरु पनि फेरबदल गरी पूर्व माओवादी केन्द्रबाट आएकाहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । ओलीको यो कदमसँगै माधवकुमार नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहेनन् । उपाध्यक्ष बामदेव गौतमको पद पनि गएको छ । अब नेपाल, खनाल र गौतमले ग’म्भीर कदम चाल्न सक्ने बुझिएको छ ।

उनीहरु एमालेबाट अब ओलीलाई निस्का’शनको निर्णयमा पुग्ने गरी कदम चाल्ने तयारीमा छन् । ओलीको क’ठोर कदमसँगै नेपाल समूहले आक’स्मिक बैठक डाकेर रणनीति बनाउँदैछ । एमालेमै रहेर संघर्ष गर्ने भनी निर्णय गरेको नेपाल समूहले ओलीको कदमको वि’रोध गरिसकेको छ । यसलाई विधान विपरित भनेपनि ओलीले भने माधव नेपाल र झलनाथ

खनाललाई एमालेबाट निस्काशन जस्तैको अवस्थामा पुर्याएका छन् । अब माधव नेपाल पक्षधरले एमालेभित्र राजनीतिक सुनामी नै ल्याउने गरी रणनीति बनाउँदैछ । ‘ ठुलै ध’क्का दिने गरी नेपालले तयारी गरिसकेको बुझिएको छ । सांसदहरुले आवश्यक परे राजी’नामा गरेर अगाडि बढ्ने सम्मको तयारी भएको विश्वस्त स्रोतले जनाएको छ ।

बामदेव पनि नेपाल खनाल तिर

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केन्द्रीय कमिटी सदस्यको मात्रै बैठकबाट पार्टीको दशौं महाधिवेशन तोक्नेदेखि निर्वाचित पदाधिकारीको जिम्मेवारी खोस्नेसम्मको निर्णय लिएपछि यसले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षको एमालेको केन्द्रीय कमिटी बैठकले माओवादी छोडेर एमालेमा लगेका नेताहरूलाई एमालेमा समाहित गर्ने तथा जिम्मे’वारी दिने निर्णयका साथै माधवकुमार नेपाल पक्षमा रहेका निर्वाचित पदाधिकारीको जिम्मे’वारी खोस्ने निर्णय गरेको हो ।

अध्यक्ष ओलीको यो निर्णय संगै नवौं महाधिवशेनबाट एमालेको उपाध्यक्षमा निर्वाचित वामदेव गौतमसँगले केपी ‌ओलीसँगको एकता त समाप्तै भयो । अब हामीले अरु पार्टीहरूको बीचमा एकताको प्रयास गर्ने बताएका छन्।

यो कम्युनिस्ट पार्टीको अध्यक्षले गर्नै नसक्ने, गर्नै नहुने काम हो । यसलाई मैले चरम अराजकताको नमूना ठान्छु । यस्तो भइसकेपछि केपी ओलीसित कम्यु’निस्ट पार्टीको सिद्धान्त पनि रहेन । नीति पनि रहेन । जनताको बहुदलीय जनवादको त नाम पनि रहेन ।

जबज त देखाउनको निम्ती मात्रै रहेछ । यो कम्युनिस्ट नेताहरू पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीप्रति घो’र अप’मान र ठूलो घा’त हो । उहाँले कम्युनिस्ट पार्टी भन्न पनि सक्नुहुन्न र आफूलाई कम्युनिस्ट पार्टीको नेता भन्न पनि सुहाउँदैन ।

यसरी ठाडै सिद्धान्त परित्याग गर्ने काम त अराजकता र शक्तिको दुरुपयोग भन्दा अरु केही पनि हुन सक्दैन । केपी ओलीले प्रधानमन्त्रीको शक्तिर’पदको चरम दुरुप’योग गर्ने योजना बनाउनुभएको छ ।

त्यसैको आधारमा जे पनि गर्नसक्छु, मैले जे गर्छु त्यही सिद्धान्त हुन्छ, जे गर्छु त्यही संविधान बन्छ र जसो गर्छु त्यही कानुन बन्छ भन्ने उहाँलाई परेको छ । यो मध्ययुगीन सामन्तवादको अवस्था हो जहाँ राजाले जे बोल्यो त्यै कानुन हुन्थ्यो । अहिले केपी ओलीले जे बोल्यो त्यै कानुन हुने अवस्था सिर्जना भएको छ ।

यसलाई ट्याकल किन गर्नुप¥र्‍यो रु जनतालाई, कम्युनिस्ट पार्टीमा विश्वास गर्ने सदस्यहरूलाई हो नि ट्याकल गर्ने । हामी पनि त्यसैमा सामेल हुने हो । केपी ‌ओलीलाई ट्याकल गर्ने त कुरै भएन अब ।

केपी ओलीको पछाडि लाग्ने कम्युनिस्ट हुन सक्दैनन् । केपी ओलीलाई त कसरी कम्युनिस्ट भन्ने रु उहाँ कम्युनिस्ट पार्टीको नीति, विचार, सिद्धान्तबाट च्युत हुनुभयो ।

यस्तो थियो एमालेको निर्वाचित संरचना

नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका थिए । महासचिवमा इश्वर पोखरेल निर्वाचित भएका थिए ।अध्यक्षमा पराजित भएका माधवकुमार नेपाल तेस्रो वरियताका वरिष्ठ नेता थिए ।

दोस्रो वरियतामा यसअघिका अध्यक्ष झलनाथ खनाल थिए । एमालेमा १४ पदाधिकारीमध्ये ५ जना पदाधिकारीमात्र ओली पक्षमा थिए । ७ जना माधव नेपाल पक्षधर थिए । उपाध्यक्ष निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले उक्त पद खाली थियो ।

निर्वाचित उपाध्यक्ष बामदेव गौतम तटस्थ भुमिकामा थिए । नेकपा एमालेको स्थायी कमिटिमा १४ जना माधव नेपाल पक्षमा थिए भने ९ जना ओली पक्षका थिए । पदाधिकारी र स्थायी कमिटीमा अल्पमतमा रहेकाले ओलीले यसलाई बि’घटन गरेको बुझिएको छ ।

केन्द्रीय कमिटीमा ओली र नेपाल दुवै समान जस्तै अवस्थामा थिए । केन्द्रीय कमिटीमा वामदेव निर्णायक शक्ति थिए । केन्द्रीय कमिटीका २०१ मध्ये ओली पक्षमा एक सयभन्दा केही कम संख्या रहेको छ । माधव नेपालको पक्षमा ९० जना जति केन्द्रीय सदस्य थिए । बाँकी तट’स्थ भुमिकामा थिए ।

२०७७ चैत्र १, आईतवार १४:०३ गते 1 Minute 766 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार