शनिबार , जेठ २९, २०७८

माओबादीका यी नेताले ओलीलाई दिए खुलेरै साथ्, एक्लिएका प्रचण्डले पार्टी नै नयाँ बनाउने तयारी !

चैत्र १, २०७७ आइतबार 374

काठमान्डौ : सर्वोच्च अदालतले तत्कालीन एमालेसँगको एकता बदर गरिदिएपछि माओवादी केन्द्रभित्र नाम परिवर्तनको विषयले प्रवेश पाएको छ । मंगलबार र बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नाम परिवर्तनको विषयमा अनौप’चारिक रुपमा छलफलसमेत भएको छ ।

तर, के नाम राख्ने र कहिले राख्ने भन्ने औपचारिक निर्णय हुन भने बाँकी रहेको स्थायी कमिटीका एक नेताले बताए । उनका अनुसार मंगलबारको बैठकमा अध्यक्ष दाहालले विभिन्न ठाउँबाट नाम परिवर्तनका लागि सुझाव आएको र पार्टीको नाम परिवर्तन हुने बताएका थिए ।

ती नेताका अनुसार अध्यक्ष दाहालले सुझाव आउनेक्रम जारी रहेकाले नाम परिवर्तनबारे औपचारिक निर्णय पछि लिनेसमेत जानकारी दिएका थिए । नेताहरुका अनुसार स्थायी कमिटी बैठकमा ऋषि कट्टेलसँग एकता गरेर पार्टीको नाम नेकपा नै राख्ने, नेपाल कम्युनिष्ट पार्टीका पछाडि केही जोड्ने वा नेपाली कम्युनिष्ट पार्टी राख्ने विषयमा नेताहरुले सुझाव दिएका थिए ।

‘सबै कम्युनिष्टहरुलाई एकीकृत गराउन मिल्ने गरी नाम राख्दा उपयुक्त हुन्छ भनेर नाम परिवर्तनको विषयमा छलफल भएको हो,’ ती सदस्यले भने ।

सर्वोच्च अदालतले फागुन २३ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता बदर हुने गरी फैसला दिएलगत्तै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका छन् ।

त्यससँगै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संगठन निर्माणको योजना बनाउन पम्फा भुसाल, जनार्द्धन शर्मा, गिरिराजमणि पोखरेल र वर्षमान पुन रहेको चार सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

माओवादी केन्द्रले यसअघि पनि नाम परिवर्तन गर्दै आएको छ । पछिल्लोपटक एकीकृत माओवादीले विभिन्न समूहसँग एकता गर्दै २०७२ जेठ ६ मा पार्टीको नाम बदलेर माओवादी केन्द्र बनाएको थियो ।

त्यसअघि २०६५ मा तत्कालीन माओवादी र एकता केन्द्र मसालबीच एकतापछि दाहालले आफू ने’तृत्वको पार्टीको नाम माओवादी केन्द्र बनाएका थिए ।

तत्कालीन माओवादी केन्द्र र एमालेबीच २०७५ जेठ ३ मा एकता भई नेकपा बनेको थियो । तर, अदालतले ऋषि कट्टेल नेतृत्व नेकपालाई वैधानिकता दिएपछि एमाले र माओवादी केन्द्रबीचको एकता भंग भएको छ ।

प्रचण्ड र बाबुरामको फेरी एकता

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादि केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा जनता समाजवादि पार्टिका अध्यक्ष डाक्टर बाबुराम भट्टराई भावि राजनीति साठगाठको विषयमा केहि दिन देखि ग’म्भिर छलफल भएको नेकपा माओवादि केन्द्रको हेडक्वाटर सूत्रले वताएको छ ।

केपि शर्मा ओली जसपा फुटाउन कम्मर कसेर लागेको भन्दै डाक्टर बाबुराम भट्टराईले पार्टि एकता गर्ने प्रस्ताव प्रचण्डलाई राखेको स्रोत वताउछ ।

केपी ओली हटाउने र नयाँ सरकारको नेतृत्व गर्ने भारतीया समर्थनको लागी बाबुरामले पहल गर्ने र दुवै पार्टीका नेताहरुसँग छलफल गरि क’न्म्भिन्स गर्ने काम प्रचण्डले गर्ने गरि दुई नेताको कार्य बाड’फाड समेत भएको स्रोतको दा’बि छ ।

हिजो मात्रै प्रचण्डलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेका थिए । भेटमा प्रचण्डले संसद विघटनविरुद्ध आन्दोलनमा आएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्नेमा जोड दिए ।

जसपा नेताहरुले रेशम चौधरीलगायतको मुद्दा फिर्ता, संविधान संशोधनका मुद्दा हो जसले पूरा गर्छ उसलाई साथ दिने वताएका थिए । प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई पनि भेटेका थिए ।

प्रतिकृया दिनुहोस्