२०७८ आश्विन ६ बुधबार

बधाई ! प्रधानमन्त्री कपमा सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित ।

कैलाली : सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सरस्वती चौधरी सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । नेपालगञ्जमा मंगलबार सम्पन्न प्रतियोगितामा एपीएफ

क्लबकी सरस्वती सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।
धनगढी घर भएकी चौधरीले एपीएफ क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रर्दशन गरेकी थिईन् । सर्वाेत्कृष्ट खेलाडी भएसँगै सरस्वतीले २५ हजार प्राप्त गरिन् ।

यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर पुलिसकी उषा भण्डारी, ब्लकर एपीएफकी हिरा के.सी, सेटर पुलिसकी कमला पुन, लिब्रो न्यु डाइमण्डकी सलिना श्रेष्ठ, सर्भर प्रतिभा माली र प्रशिक्षक एपीएफका महेश चौधरी चुनिए । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले ५ हजार र प्रमाणपत्र प्राप्त गरे ।

यो पनि

टी- ट्वान्टी क्रिकेट प्रतियोगितामा ग्रेट हिमालय च्याम्पियन

काठमाडौं : नेपाल- पाकिस्तान फ्रेन्डसिप टी- ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शनिबार भएको फाइनलमा एन्जल्स हार्ट एकेडमीलाई १ सय

७ रनले हराएर ग्रेट हिमालय क्रिकेटले छैटौं संस्करणको उपाधि हात पारेको हो । टस हारेर ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा १० विकेट गुमाउदै २ सय २० रनको बिशाल लक्ष्य प्रस्तुत गर्यो ।

उसको लागि हेमन्त श्रीबास्तबले शतकीय इनिङ्स खेले । उनले १०६ रन बनाए । यस्तै अशोक पौडेलले ३६ रन बनाए । एन्जल्सको लागि श्याम त्रिपाठीले ४ तथा बिपिन न्यौपानेले ३ विकेट लिए ।

ग्रेट हिमालयले दिएको २ सय २१ रनको विशाल लक्ष्य सहित जवाफी ब्याटिङ गरेको एन्जल्स १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो । उसको लागि दिनेश पुनले सर्बाधिक २१ रन बनाए । यस्तै बिबेक न्यौपानेले १७ रन मात्रै बनाए । ग्रेट हिमालयको लागि सुशान्त तिमिल्सिना र अशोक पौडेलले समान ३ विकेट लिए ।

२०७७ चैत्र १, आईतवार १६:२८ गते 1 Minute 750 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार