२०७८ कार्तिक ९ मंगलवार

दसैंको मुखमा खाडी छिर्नेहरु भन्छन् – मेरो छोराछोरी यसरी बिदेश भासिनु नपरोस् भनेरै बिदेश जादै छु !

काठमाडौ : महोत्तरी रामगोपालपुरका २० वर्षीय सञ्जय दासलाई दसैँतिहारअघि कतार जान मनै थिएन । तर, भिसा लागिहाल्यो । कम्पनीले टिकट काटेर तुरुन्तै आइहाल्न भन्यो ।

१७ असोज आइतबार साँझ ६ बजे उनी हतारिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । उनीजस्तै विदेश जान लागेका अरू थुप्रैका घाटिमा खादा, माला अनि निधारमा रातो टीका देखिन्थ्यो । उनीहरूलाई छोड्न आफन्तहरू पनि सँगै त्रिभुवन विमानस्थलमा आएका थिए ।

तर, सञ्जयको नि’धारमा कुनै टीका थिएन । घाँटीमा खादा वा माला पनि थिएन । उनलाई बिदाइ गर्नचाहिँ गाउँका दाइ सन्तोष आएका थिए । पीसीआर रि’पोर्टमा छाप लगाउन लाइन बसेका सञ्जयले भने,

‘हामी दसैँभन्दा पनि तिहारमा खुब रमाइलो गर्थ्यौं । परिवारका सबै एक ठाउँ भइन्थ्यो । साथीभाइहरूसँग फिल्म हेर्न गइन्थ्यो ।’ सञ्जयले अबका केही तिहार विगतको सम्झनामै गुजार्नेछन् ।

यसरी चाडबाडको मुखैमा विदेशिनु उनको रहर पक्कै होइन । दाइ, दुई बहिनी, आमा र बुबा गरी ६ जनाको परिवार छ उनकाे । बुबाआमा दुवै दमका रोगी छन् । उनीहरूका हात’गोडा क’मजोर भएका छन् । आँखा धमि’लिएका छन् । कान पनि कम सुन्छन् ।

दाजु काठमाडौंमा ज्याला’दारी गर्छन् । तर, उनको कमाइले मात्र घर चलाउन मुस्किल छ । सञ्जय भन्छन्, ‘लाउन, खान त बनिबुतो गरेर भए पनि टारिएला । तर, दुई छोरीको बिहे गर्न सकिँदैन कि भन्ने चिन्ता आमाबुबालाई छ । म पनि मेरा बहिनीहरूले दुःख पाएको देख्न सक्दिनँ । त्यसैले ११ को पढाइ छोडेँ अनि यी… कतार हिँडे ।’

सुरुकै प्रयासमा भिसा लाग्दा मिलेको खुसी उनले मनाउन पाएनन्, जब दसैँअघि नै देश छोड्नुपर्ने सन्देश म्या|नपावर कम्पनीले पठायो । भन्छन्, ‘भिसा नलागेको भए म गाउँमै हुन्थेँ, दसैँतिहार मनाउन पाउँथेँ । तर, मसँग दुःख पनि हुन्थ्यो, मेरा आमाबुबाको थाप्लोमा ऋ’ण बढेको बढ्यै हुन्थ्यो । बहिनीहरूको बिजोग हुन्थ्यो’, सञ्जय भन्छन् ।

कतारमा गर्नुपर्ने कामलाई लिएर भने उनी प्रस्ट छैनन् । पासपोर्टमा लेबर भिसा लागेको तर दोहा पुगेपछि जेसीबी अपरेटरको काम मिलाइदिने आश्वासन म्यानपावरले दिएको उनले सुनाए । ‘अब जे पर्छ, हेरौँला’, उनले दृढता व्यक्त गरे ।

पीसीआर रिपोर्टमा छाप हानेपछि उनी टिकट जाँचतिर लम्किए । पछिपछि सन्तोष पनि गए । त्यहाँ लाइन थियो । दाजुभाइले एक सेल्फी लिए, हात मिलाए अनि अंकमाल गरेर छुट्टिए ।

केही अघिसम्म हाँसीखुसी बोलिरहेका सञ्जय एकाएक भावुक बने । आँखाभरि आँसु पार्दै दाइ फर्केको हेरिरहे । ‘भाइ छिटो गर, कहाँ बीचमा उभेको ?’, टिकट जाँचमा रहेका सुरक्षाकर्मीलाई सुनेपछि हतारहतार सञ्जयले हातको मास्कले आँसु पुछे । फेरि त्यो मास्क मुखमा लगाए अनि लगेज तान्दै भित्र छिरे ।

२०७८ आश्विन २३, शनिबार २३:०२ गते 1 Minute 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार