२०७८ आश्विन २ शनिबार

सरकारी ढुकुटीमा रजाइ गर्नेहरुले विप्लवबाट सिकुन्ः ‘जनताको बिचमा छु मलाई किन सुरक्षा चाहियो भन्दैँ १० जना सरकारी सुरक्षाकर्मी फिर्ता गरिदिए !

काठमाडौँ : केही दिन अघि मात्रै शान्तीपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले फेरि एक पटक उदाहरणीय र प्रशंसनीय कदम चालेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले विप्लवको सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा टोली खटिएको जानकारी दिए । सरकारले विप्लवको लागि अगुवा गाडि पनि उपलब्ध गराएको थियोे ।

तर नेकपाका महासचिव विप्लवले सुरक्षा व्यवस्थाका लागि आफू नेता कार्यकर्ता र जनता संगै भएकोले सरकारी सुरक्षाआवश्यक नरहेको भन्दै फिर्ता पठाएका छन् ।उनको यो सराहनीय कार्यको चौतर्फी वाहीवाही सुरु भएको छ ।

सरकार र विद्रोही नेकपा विच सहमति भएपछि गतहप्ता नवलपुर बाट सार्वजनिक भएका विप्लवलाई प्रहरीले नवलपुर बाट स्कट्ङी गर्दै काठमाडौ पुर्याएको थियोे ।

सरकार र नेकपा विच सहमति भए पश्चात् विप्लव राजनीतिक भेटघाट एवम् पार्टी संगठनका काममा सक्रिय हुदै आएका छन् ।यसैक्रममा पार्टी निकट महिला संगठनको राष्ट्रिय सम्मेलनका लागि कपिलवस्तु पुगेका विप्लवले त्यहाँ बाट सुरक्षा फिर्ता गरेको स्रोतले बतायो ।

महासचिव विप्लवले जनताको विचमा छु,मलाई त्यस्तो छुट्टै सुरक्षा चाहिदैन्,तपाईंहरूलाई धन्यवाद भन्दै फिर्ता पठाउनु भयो स्रोतले भन्यो ।

सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटाएको थियोे ।

सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षाकर्मी खटाइएको थियोे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृहको निर्देशन अनुसार सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका छन् ।

२०७७ चैत्र १, आईतवार १६:३३ गते 0 Minutes 620 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार